कृषिमा यान्त्रिकरण भित्राउँदै सन्धिखर्क नगरपालिका (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

सन्धिखर्क-  सन्धिखर्क नगरपालिकाको नीति तथा कार्यक्रममा स्विकृत योजना अन्तर्गत किसानलाई हातेट्याक्टर मिनिटेलर, कुटानी–पिसानी  कम्बाइन मिल र मकै छोडाउने मेसिन  कर्न सेलर प्रदान गरिएको हो ।

सन्धिखर्क नगरपालिकाले ४० प्रतिशत अनुदानमा १२ वटै वडामा ५ सय जना किसानलाई सेवा दिनेगरी सहकारी, समूह र कृषि फार्मलाई ३० वटा कुटानी पिसानी मेशिन, १४ वटा हाते ट्याक्टर र ६ वटा मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ ।

May be an image of 11 people and text

काम गर्ने दक्ष जनशक्तिको अभावमा खेतियोग्य जमिन बाँझिदै जान थालेपछि नगरपालिकाले कृषिमा यन्त्रिकरण भित्राउन थालेको उप–प्रमुख मिश्रा आचार्यले बताउनुभएको छ ।

May be an image of 7 people and weddingMay be an image of 2 people

नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु।२० लाख बजेटबाट टेन्डर आव्हन गरि १५ लाख ३४ हजारमा कृषि औजार खरिद गरेर किसानलाई अनुदानमा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभएको छ ।

May be an image of all-terrain vehicle, motorcycle, toy and scooter

“हामीले हालसम्म बांडेका कृषि औजारले सिंगो पालिकालाई नै समेट्छ, किसानले प्रविधि भित्राउदा कम जनशक्ति र कम खर्च हुन्छ, लागत घटेपछि किसानलाई नाफा हुन्छ, कृषिमा लगाव बढ्छ” प्रमुख प्रशासकिय अधिकृत भुसालले भन्नुभयो “युवा पलायनले गाउँमा काम गर्ने मानिस नहुँदा कृषि उत्पादन र बजारिकरणमा समस्या छ, त्यसैलाई मध्यनजर गरेर हामीले कृषि औजार अनुदानमा दिएका छौं ।

May be an image of 6 people and text

” विभिन्न कृषक समूह, सहकारी र कृषि फार्मलाई ४० प्रतिशत अनुदानमा ५० जनालाई कृषि औजार वितरण गरेको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनु भएको छ ।

May be an image of 6 people, scooter, segway, motorcycle, suit and text

नगरपालिकाले हाते ट्याक्टर प्रति थान ४७ हजार, कुटानी पिसानी प्रति थान २७ हजार र मकै छोडाउने मेशिन प्रति थान ११ हजारमा खरिद गरि ४० प्रतिशत अनुदानमा कृषकलाई प्रदान गरेको कृषि शाखा प्रमुख भट्टराईको भनाई छ ।

May be an image of 8 people and suit

अनुदानमा कृषि औजार पाउदा आफुहरु निकै खुसी भएको सन्धिखर्क नगरपालिकाका अगुवा कृषक शोभाखर अधिकारीले बताउनुभएको छ ।

थप तस्बिर:

May be an image of 7 people, toy and textMay be an image of 11 people and textMay be an image of 16 people and textMay be an image of 10 people and hospitalMay be an image of 8 people, suit, wedding and textMay be an image of 13 people, temple and textMay be an image of segway, golf buggy, toy and scooterMay be an illustration of ‎1 person and ‎text that says "‎D51 समुत नगर सन्विक्क नगरबासीहरको रहर, सुन्दर मिालादलार, DIOO कळ्गाईन मिल นติ संतर L 88% अनुद्ावना कਖਿ मेशिवरी आगार हस्तान्तरण कार्यक्रम आ.व. RστO/ ετο/στα 9 गर्न ممما दिनु รู้ नो ศี मिति: २०८१/०१/१३ ٩اط/ गते स्थान: सनि्धख्क नगरपालिका आयोजक सन्धिखर्क नगरपालिका कृषि विकास शाखा. अर्घाखांची‎"‎‎May be an image of 4 people and text

 

अन्य समाचारहरु