कमला माध्यमिक बिधालय पालीको ७२औं वार्षिकोत्सब कार्यक्रम संपन्न (तस्बिर सहित)

– बिनोद श्रेष्ठ ।

पाली, अर्घाखाँची- श्री कमला माध्यमिक विद्यालय पाणिनी-८ पाली, अर्घाखाँचीमा विद्यालयको ७२ औं वार्षिक उत्सव भव्यताका साथ संपन्न भएको छ ।

कार्यक्रममा   ब्यबस्थापन  समितिका अध्यक्ष नजिर महमद मियाँको अध्यक्षता, पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडल गौतमको प्रमुख आतिथ्यता, पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा अधिकृत तेज ब. खनाल र वडा नम्बर ८ का अध्यक्ष रोम बहादुर पाण्डेको विशिष्ट आतिथ्यता त्यसैगरी विद्यालयका प्रधानाध्यापक गोविन्दराज पन्थी, कार्यपालिका सदस्य विन्दु परियार, वडा सदस्यहरु पृतम नेपाली, एयाबदिन अलि, पम्फा विक, मखमला पन्थी, वडा नम्बर ८

का प्रमुख दलका अध्यक्ष/प्रतिनिधिहरु, अक्षयकोष दाताहरु, शैक्षिक व्यक्तित्व डा. अजित खनाल, निबृत शिक्षक इन्द्रमणी खनाल, वि.व्य.स. सदस्यहरू, श्रीधर पौडेल, कौशिला पन्थी, पुष्पा पौडेल, मुक्तिराम न्यौपाने, सुमित्रा परियार एवम् शिक्षक अभिभावक संघ अध्यक्ष विमल राज पौडेल र सदस्यहरु सकुन्तला पाण्डे, डिल कुमार श्रेष्ठ,

माया खनाल, उम्मर अलि मिया, छिमेकी विद्यालयका प्र.अ तथा प्रतिनिधिहरुको आतिथ्यता साथै विद्यालयका शिक्षक/कर्मचारीहरु, अभिभावकहरु, पूर्व विद्यार्थीहरु, अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ ।

वाषिर्कोत्सवमा विद्यालयका प्रधानाध्यापक गोविन्दराज पन्थीले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । त्यसैगरी विद्यालयले ७२ औं वार्षिकोत्सबको अबसरमा शिक्षक मोतिराज अधिकारी र विद्यालयमा २०५२ सालदेखि अनवरत सेवा गरि निबृत हुनुभएका शिक्षक इन्द्रमणी खनाललाई सम्मान गरेको छ ।

त्यसैगरी कार्यक्रममा विद्यालयले विद्यार्थीको शैक्षिक पुरस्कार, विभिन्न अक्षय कोष छात्रवृत्ति वितरण, वार्षिकोत्सब विशेष खेलकुद पुरस्कार, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएका खेलाडीहरुलाइ प्रशंसा-पत्रले सम्मान गरेको छ ।

वार्षिकोत्सबको अबसरमा विद्यालयले उमानाथ पौडेलको संयोजक रहने गरि १५ सदस्यीय पूर्व विद्यार्थी भेला आयोजक समिति गठन गरेको छ भने विद्यालयका प्र.अ सल्लाहकार संयोजक रहने गरि ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

वार्षिकोत्सब समारोहमा प्रमुख अतिथि, विशिस्ट अतिथि लगाएत बोल्ने वक्ताहरूले विद्यालयको समग्र विकासका साथसाथै शैक्षिक गुणस्तरमा जोड दिन विद्यालयलाई सुझाव समेत दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले स्वागत गित सहित विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।विद्यालयका सहायक प्रधानाध्यापक मीन बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक रामप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

अन्त्यमा सौहाद्रपूर्ण वातावरणमा सम्पूर्ण आगन्तुक अतिथिहरुलाइ धन्यवाद ज्ञापन सहित ७२ औं वार्षिकोत्सबका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निजिर महम्मद मियाले कार्यक्रमको समापन गर्नुभयो ।

#विद्यालयको_७२औं_वार्षिकोत्सब_सम्पन्न।

अन्य समाचारहरु