जसपा फुट्यो, अशोक राई निर्वाचन आयोगमा

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठनका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन्। विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ। यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन्।

पार्टी विभाजनका लागि ७ जना सांसदको हस्ताक्षर सहित उनीहरु आयोग गएका हुन्। सांसदहरु राई सहित प्रदीप यादव, सुशीला श्रेष्ठ, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, हसिना खानुत, रञ्जु ठाकुर लगायतको हस्ताक्षर रहेको स्रोतले जनाएको छ।

नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन्। उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ।