भगवती माध्यामिक विद्यालयमा सुचनाकाृे चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न ( तस्बिर सहित)

-सागर परियार

सन्धिखर्क – भगवती माध्यामिक विद्यालयमा सुचनाकाृे चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न । सागर परियार, सोमबार भगवती माध्यामिक विद्यालय सन्धिर्खकमा आफैँ बाट सुरु गरौँ,मिथ्या सुचना अन्त्य गरौँ भन्ने नाराका साथ सुचनाको चलखेल र लोकतन्त्र शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

May be an image of 7 people, people smiling, people studying and text

वक्तृत्वकला प्रतियोगितामा बोल्ने प्रतिस्पर्धी सहभागी विद्यार्थीहरुले सुचनाको चलखेल सामाजिक संजालमा पर्याप्त मात्रमा देखीने भएकोले यस्ता मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय, मिथ्या सूचना फैलिन नदिन युवा,विद्यार्थीले गर्नुपर्ने भुमिका लगायतका विषय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक शोभाखर पन्थीले सुचनाको चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमले विद्यार्थीलाई सचेत हुन र अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न, अध्ययन गर्ने बानीको विकास सगै आम जनमानसमा सचेतना फैलाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

May be an image of 3 people and people studying

बढदो सुचना प्रविधि संगै विकृर्षित हुदै गएको समाजिक संजालमा विभिन्न किसिमका राम्रो नराम्रो दुवै सुचना तथा समाचार आउने हुदा हामी सवै यस कुरामा सचेत हुनु पर्ने जोड दिनु भयो ।

May be an image of 2 people, people studying and text

प्रतियोगीता बाट प्रथम भएकी अन्जु गैरेले अहिलेको समयमा गलत र तथ्यहिन सुचनाहरु प्रकाशन गर्ने तथा प्रसारण गर्नाले समाजमा विभिन्न किसिमका विकृतिहरु फैलिरहेको छ जस्ले गर्दा अविश्वास, भ्रम र गलत निर्णय लिने जस्ता समस्याहरु सिर्जना भैरहेकोले लोकतन्त्रको परिभाषामा खलल पुगेको छ यसलाई न्यूनिकरण गर्नको लागी हामी आफै लाग्नु पर्ने बताएकी थिइन ।

May be an image of 8 people and people studying

प्रतियोगीतामा १३ जना सहभागीहरु मध्ये अन्जु गैरे प्रथम, शिसिर भट्टराई द्धितिय र सामना नेपाली तृतिय भएका थिए ।

May be an image of 6 people, people smiling, people studying and text

तिनै जना उत्कृष्ट सहभागीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

May be an image of 7 people, people studying, people smiling and text

कार्यक्रममा विद्यालयका शिक्षक शोभाखर पन्थी, माया श्रेष्ठ, कोसेली मिडियाका संचालक विराट पहारी लगायतको अतिथ्यता रहेको थियो । प्रतियोगीता बरिष्ठ शिक्षक डिलाराम पन्थीको अध्यक्षता र सागर परियारको सहजिकरणमा संपन्न भएको थियो ।

थप तस्बिर :

May be an image of 7 people, people smiling, people studying and textMay be an image of ‎5 people, people smiling and ‎text that says "‎आफैबाट सुरु गरीं मिश्या सूचना अन्त्य "सुचनाको चलखेल र बिषयक रा स्तरीय वक्त तन्त्र" अध गते களസ. o6T m ح‎"‎‎