गुल्मी ईस्माका आगलागी पीडितलाई राहत वितरण

-टेकराज भुसाल ।

बुटवल । विपतकाे साथी पहिलाे पाईला भन्ने अभिप्रायका साथ आकस्मिक घटनामा पिडितलाई सहयाेग गर्ने हेतुले पहिलाे पाईला नेपालद्वारा सञ्चालित “रु १ अभियान” बाट पहिलाे पाईला नेपाल बुटवल शाखाद्वारा ईश्मा गाँउपालिका वडा नं.२ का बिभिन्न स्थानमा बैशाखा ८ गते आगलागी भई घरबार बिहिन परिवारलाई राहत हस्तान्तरण गरेकाे छ ।

आगलागीबाट गाँस बास आवास गुमाएका पिडित परिवारलाई मल्हम लगाउने हेतुले स्थानिय निकाय र राहात ब्यबस्थापन समितिसँगकाे समन्वयकाे आधारमा आगलागीबाट बढी प्रभावित ईश्मा गाँउपालिकाकाे वडा नं. २ मा साेही वडाका वडाध्यक्ष लाेकनाथ आचार्यकाे उपस्थिति तथा राहत ब्यबस्थापन समितिकाे समन्वयकाे आधारमा पहिलाे पाईला नेपाल बुटवल शाखा अध्यक्ष विनाेद बस्याल, केन्द्रीय महासचिव विनाेद महत, बुटवल शाखा उपाध्यक्ष तथा कार्यक्रम संयाेजक गाेमा भट्टराई, सचिव डिल प्रसाद अधिकारी र सल्लाहाकार गंगाधर न्याैपाने पिडित परिवाससमक्ष पुगी राहातस्वरुप १८ परिवारका ८१ जना पिडितहरुलाई थाल, कचाैरा र गिलास बितरण गरिएकाे थियाे ।

साथै ईश्मा गाँउपालिकाका अन्य वडाहरु वडा नं. १, ४ र ६ का अन्य पिडितहरुलाई समेत उपलब्ध गराउने गरि थप ४४ सेट थाल, कचाैरा र गिलास कार्यपालिका सदस्य तथा वडा नं. २ का वडाध्यक्ष लाेकनाथ आचार्यलाई हस्तान्तरण गरिएकाे थियाे ।

घटनाकाे बारेमा जानकारी गराउदै वडा नं. २ का वडाध्यक्ष लाेकनाथ आचार्यले अकल्पनिय आगलागीले आफ्नाे वडामा अकल्पनिय क्षति भएकाे बताउदै पिडितहरुलाई आबश्यकताकाे आधारमा एकद्वार प्रणालीमार्फत राहात वितरण गरिरहेकाे र एकद्वार राहात प्रणालीकै कारण आबश्यकताअनुसार राहात सामग्री प्राप्त भएकाे बताउनुभएकाे थियाे ।

साथै अबकाे लक्ष्य बर्षायाम अगावै आवासबिहिन परिवारलाई आवासकाे प्रबन्ध गर्ने भएकाेले ठुलाे क्षति भएकाेले गाँउपालिका मात्रै एकले पुननिर्माणकाे कार्य गर्ने असमर्थ भएकाेले आवास निर्माणका सामग्री उपलब्ध गराउन ब्यक्ति तथा सहयाेगी संघसंस्थालाई अपिल गर्नुभएकाे थियाे । साथै पहिलाे पाईला नेपाल बुटवल शाखाकाे सहयाेगकाे लागि धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे ।

पहिलाे पाईला नेपालद्वारा आकस्मिक घटनामा सहयाेग उपलब्ध गराउने हेतुले सञ्चालित रू १ अभियान बुटवल शाखाद्वारा सञ्चालन गरि स्थानिय निकायकाे समन्वयकाे आधारमा आबश्यकताबमाेजिम राहात सामग्री उपलब्ध गराईएकाे बुटवल शाखा अध्यक्ष विनाेद बस्यालले बताउनुभएकाे थियाे । पहिलाे पाईला नेपालले मानव सुरक्षालाई ध्यानमा राखी सामाजिक सेवामूलक कार्यहरु गरिरहेकाे र साेही बमाेजिम आकस्मिक परिस्थितिमा सिर्जित घटनामा हाम्राे सहभागीता रहने समेत बताउनुभएकाे थियाे ।