संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र

काठमाडौं  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्र पठाएका छन् ।

उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएको भन्दै गत अधिवेशनमा बेल्न दिएको छैन । त्यसपछि उनले सभामुखलाई पत्र नै लेखेर बोल्न पाउनुपर्ने माग राखेका हुन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसहित बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका यता प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री माथि छानबिन समिति आवश्यक भएको  अडान कायम राखेका ।  त्यसपछि रविले  सभामुखलाई पत्र नै पठाएका छन् ।

पत्रमा २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका छन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी भएको समेत बताएका छन् ।

– एनपि