युवाबर्ष जनता रविचित्र माध्यमिक विद्यालयमा सुचनाको चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न (तस्बिर सहित)

 

-सागर परियार ,अर्घाखाँची ।

सन्धिर्खक- युवा वर्ष जनता रविचित्र माध्यामिक विद्यालय सन्धिर्खकमा आफैँ बाट सुरु गरौँ,मिथ्या सुचना अन्त्य गरौँ भन्ने नाराका साथ सुचनाको चलखेल र लोकतन्त्र शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

May be an image of 10 people and text

प्रतियोगितामा बोल्ने प्रतिस्पर्धी सहभागी विद्यार्थीहरुले सुचनाको चलखेल सामाजिक संजाल लगायत विभिन्न मिडियामा पर्याप्त मात्रमा देखीने भएकोले यस्ता मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय, मिथ्या सूचना फैलिन नदिन युवा,विद्यार्थीले गर्नुपर्ने भुमिका लगायतका विषय प्रस्तुत गरेका थिए ।

May be an image of 10 people and text

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक टेकराज आर्चायले सुचनाको चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न, अध्ययन गर्ने बानीको विकास सगै सचेतना फैलाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद ब्यक्त गर्नु भयो । सुचनाको हकलाई संविधानले मौलिक हकको रुपमा राखेको ले प्रत्येक नागरिकले सहि सुचना पाउनु पर्ने बताउनु भयो ।

May be an image of 6 people, people studying and text

पछिल्लो समय लोकतन्त्रको नाममा गलत र भ्रामक सु्चना सामाजिक संजालमा बढदो सुचना प्राविधि संगै विकृर्षित हुदै गएको ले हामी सवै यस कुरामा सचेत हुनु पर्ने जोड दिनु भयो ।

May be an image of 6 people, people studying and text

प्रतियोगीता बाट प्रथम भएका आयुुष थापाले अहिलेको समयमा गलत र तथ्यहिन सुचनाहरु प्रकाशन गर्ने तथा प्रसारण गर्नाले समाजमा विभिन्न किसिमका विकृतिहरु फैलिरहेको छ जस्ले गर्दा अविश्वास, भ्रम र गलत निर्णय लिने जस्ता समस्याहरु सिर्जना भैरहेकोले लोकतन्त्रको परिभाषामा खलल पुगेको छ यसलाई न्यूनिकरण गर्नको लागी हामी आफै लाग्नु पर्ने बताएका थिए ।

May be an image of 6 people, people studying and text

प्रतियोगीतामा ५ जना सहभागीहरु मध्ये आयुष थापा प्रथम, विवेक बन्जाडे द्धितिय र सिता विक तृतिय भएका थिए । तिनै जना उत्कृष्ट सहभागीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

May be an image of 7 people, people studying and text

कार्यक्रममा विद्यालयका शिक्षक मदन आर्चाय, बोमलाल चौहान, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बावुराम रसाईली, कोसेली मिडियाका संचालक विराट पहारी लगायतको अतिथ्यता रहेको थियो । प्रतियोगीतामा विद्यालयमका प्रधानध्यपक टेकराज आर्चायको अध्यक्षता र सागर परियारको सहजिकरणमा संपन्न भएको थियो ।

तस्बिर : सागर परियार

May be an image of 7 people, people studying and text

May be an image of 6 people, people studying and text

May be an image of 8 people and people studying

May be an image of 8 people and text

May be an image of 10 people and text