कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुग्नु भएको छ ।