सिद्धार्थ इन्टरनेसनल कलेजले SIC FEST-2081 गदै

-कृष्ण परियार

 ३० बैशाख बुटवल । सिद्धार्थ इन्टरनेसनल कलेजले 4th SIC FEST-2081 गर्नेभएको छ। बुटवलको कालिकानगर स्थित दियालो फुडल्यान्डमा आगामी जेठ ३ र ४ गते दुई दिनसम्म संचालन हुने कार्यक्रममा पुर्वसाम्सद/मन्त्री एवं संविधानसभा सदस्य डाक्टर मिनेन्द्र रिजालको प्रमुख आथित्यता रहनेछ ।

मुलुकको एक महत्त्वपूर्ण ब्यापारीक केन्द्र बुटवल लगायत नेपालको अर्थतन्त्रबारे एक बिशेष प्यानल डिस्कस हुनेछ। प्यानल डिस्कसमा उद्योगी, व्यावसायी, बैंकरहरु वक्ताको रुपमा रहनुहुनेछ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख सुशील कुमार नेपाल र सिद्धार्थ केबल कारको निर्देशक सृष्टि गुरुङ रहनुहुने कलेज प्राचार्य राम प्रसाद खरेलले जानकारी दिए । प्यानल डिस्कसन कार्यक्रमको संचालन संचारकर्मी एवं बैंकर अर्जुन ज्ञवाली गर्नेछन ।

त्यसैगरि उत्कृष्ट उद्धमी एवं व्यावसाय संचालकको सफल व्यावसायिक यात्रा बारे आफ्नो अनुभव शेयरिङ्ग गर्ने कार्यक्रम रहेको छ । ड्याडी किचनका संचालक युवाउद्धमी कमलजङ्ग कुवरले आफ्नो उद्धमशिल यात्रा बारे जानकारी दिनेछन ।

त्यस्तै कार्यक्रममा एआइको बिजिनेसमा प्रयोगबारे नामीका आर्टिफिसेल इन्टेलिजेन्ट लेक्चर आलोक खत्रीले आफ्नो प्रस्तुति दिनेछ्न । साथै सहभागीहरु अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने उदेश्यले सो कार्यक्रममा डान्स, ड्रामा, म्युजिक र गेमहरु संचालन गरिनेछ । SIC FEST-2081ले बुटवललाई रि-भाव्रेटिङ्ग गर्ने विस्वास गरिएको छ ।