लुम्बिनी सरकारले २१ जेठमा नीति तथा कार्यक्रम ल्याउने

 

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम २१ जेठमा ल्याउने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले २१ जेठमा प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने बैठकले निर्णय गरेको स्वास्थ्यमन्त्री दीपेन्द्र पुनले जानकारी दिए ।

२३ चैत २०८० मा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेका बेला शुक्रबार मात्रै सरकारले योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गरेको थियो ।