

काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान संसदीय समितिले पनि विगतका समितिले जस्तै काम गर्न नसक्ने दावी गरेका ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केसीले राज्य संयन्त्रमा बस्नेहरूले सहकारी ठगलाई संरक्षण गर्ने आरोप लगाए । ‘यो समितिले पनि सहकारीपीडितहरूलाई माछोमाछो भ्यागुतो पार्छ,’ संसदमा उनले भने । अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन् ।


-एनपी












