लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री

 

काठमाडौं लुम्बिनीमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् ।

कृष्णा केसी मन्त्री नियुक्त,आज सपथ - Arthapage

उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् ।  

केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ । यो सँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ ।