आजको मौषम: देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना

 

काठमाडौँ-  नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

Weather today: IMD predicts rain with thunderstorm in THESE states; above  normal temperatures in South Indian states | Today News

यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। अहिले कोसी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बीनी र कोसी प्रदेशका एकदुई स्थानमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोसी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।