

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन जनप्रतिनिधिलाई आग्रह गरेका छन्।


सामाजिक सञ्जालमार्फत उनले नगरसभामा पारदर्शी रूपमा महानगरको नीति, योजनामाथि छलफल हुने भएकाले राजनीतिक दलको धङधङी बोकेर नआउन भनेका हुन्।


मेयर शाहले राजनीतिक दलका तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको पनि आरोप लगाएका छन्।

‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,’ उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैनन्। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ।’
उनले बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चाहीँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगरपालिकाले नगर्ने दाबी गरेका छन्।
उनले लेखेका छन्।










‘काठमाडौँ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला,’ उनले लेखेका छन्।




