नेविसंघको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न

 

 

-टेकराज भुसाल, बुटवल। 

बुटवल। नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न भएको छ। साउन १६ गते बुधबारदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम आज समापन भएको हो ।

No description available.

युवालाई देशको संविधान, नियमकानुन, संसदीय व्यवस्थाको अभ्यास र अनुशासन सिकाई भविष्यमा नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नका लागि २ दिने संघीय नमुना संसदीय अभ्यास आयोजना गरेको नेपाल विद्यार्थी संघ सिटी क्याम्पस बुटवलले जनाएको छ।

No description available.

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषदका कार्यकारी सदस्य सराेज खनाल र टेकराज भुसालले लोकतान्त्रिक प्रणाली, शासकीय स्वरूप र राज्यसञ्चालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, संघीय सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिच अन्तरसम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको संसदीय अभ्यास कार्यक्रममा सिटी क्याम्पस बुटवलमा कानुन संकाय अध्यनरत १ सय बढि विद्यार्थीहरुकाे सहभागीता रहेको थियो।

सहभागीहरु मध्येबाट राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृह, अर्थ तथा वाणिज्य लगायतका ८ वटा मन्त्रालयका मन्त्रीहरु निर्वाचित गरि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, वार्षिक बजेट र विभिन्न विधेयकलाई पास गर्दै संघीय संसदको डेमाे समेत प्रस्तृत गरेका थिए।

 

 अन्य समाचारहरु