युवाहरुलाई राजमो महासचिव भट्टको आग्रहः मुलुकमा ब्रहमलुट मच्याउनेका बिरुद्ध गोलबन्द हुनुस (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई।

भाद्र ४ ,अर्घाखाँची। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले युवाजति विदेश पठाएर मुलुकमा ब्रहमलुट मच्याउनेका बिरुद्ध गोलबन्द हुन युवाहरुलाई आग्रह गर्नु भएको छ ।

मंगलबार अर्घाखाँचीको भूमिकास्थान स्थित पोखेडाँडामा सम्पन्न राजमो निकट युवा–विद्यार्थिको नगर स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।  राष्ट्रको ढुकुटीमा राज गर्दै मातृभूमि छिमेकीलाई सुम्पिने ठुला दलहरुको आदतले देश अप्ठ्यारोमा परेको महासचिव भट्टको आरोप छ ।

May be an image of 7 people, people studying and text

May be an image of 7 people, people studying and text

फरक प्रसंगमा भूमिकास्थानको चुनढुङ्गा उत्खनन् प्रकरणमा दोषीलाई उम्किन नदिन र निर्दोषलाई नफसाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
कैयौँ घटनामा सत्तारूढ दलले विपक्षि पार्टीका विरुद्ध पुलिस प्रशासनलाई प्रयोग गर्ने गरेको स्मरण गर्दै महासचिव भट्टले अर्घाखाँचीमा त्यस्तो हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 9 people, people studying, clarinet, violin and text

images

 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., केन्द्रिय सदस्य सागर के.सी., अखिल (छैठौं)का केन्द्रिय महासचिव सुवास जि.सी., अखिल नेपाल युवक संघका केन्द्रिय सचिव कुलराज खनाल लगायतले पनि बोल्नुभएको थियो ।

images

May be an image of 10 people, people studying and text

युवालाई विदेशमा बेचेर देशमा रजाईं गर्नेहरुका बिरुद्ध युवा विद्यार्थिले निर्णयक आन्दोलको थालनी गर्नुपर्नेमा उहाँहरुको जोड रहेको छ । भेलाले शुरेस आचार्यको अध्यक्षतामा १५ सदस्यिय अखिल नेपाल युवक संघ नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा माधव बन्जाडे, सचिव झविन्द्र चुंदाली, सह–सचिव बिष्णु प्रसाद भट्टराई र कोषाध्यक्षमा नमकला के.सी. चयन हुनु भएको छ ।

images

May be an image of 5 people and people studying

संयुक्त भेलाले प्रकाश चुंदालीको अध्यक्षतामा १७ सदस्यिय अखिल (छैठौं) नगर समितिको पनि गठन गरेको छ । नव गठित समितिको उपाध्यक्ष, सचिव, सह–सचिव
र कोषाध्यक्षमा क्रमशः अस्मिता थापा, शरिस्मा के.सी., बिमल के.सी. र सन्ध्या राना छनौंट हुनुभएको छ ।

May be an image of 2 people and people studying

भूमिकास्थानका १० वटै वडाबाट युवा–विद्यार्थिका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भेलामा अनेम संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, जिल्ला अध्यक्ष जितेन्द्र खत्री, राजमो भूमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे, जातिय समता समाजका जिल्ला अध्यक्ष कृष्ण सुनार लगायतको आतिथ्यता रहेको थियो ।

Nepal life insurance

May be an image of 3 people, people studying and text

May be an image of 2 people and people studying

कार्यक्रम अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष रेसम वि.क.को अध्यक्षता, जिल्ला सदस्य बिष्णु प्रसाद भट्टराईको स्वागत मन्तव्य र अखिल (छैठौं) जिल्ला अध्यक्ष जिवन नेपालीको संचालनमा सम्पन्न भएको हो ।