अर्घाखाँची : गाउँमा चहलपहल, सदरमुकाममा सुनसान (तस्बिर सहित)

-सुर्य प्रसाद भुसाल।  

अर्घाखाँची : स्थानीय तह कार्यान्वयन भएको ७ वर्ष पूरा भएको छ । अहिले सदरमुकाममा भन्दा पालिका नजिक चहलपहल बढ्दै गएको देखिन्छ । हिजो सुनसान रहेका गाउँपालिका आसपास गाउँ टोलहरु अहिले चहलपहल बढेको हो ।

Sandhikharka - Wikipedia

लगानी र आम्दानीको आकर्षण बनेका जिल्ला सदरमुकाम भने स्थानीय तहले गर्दा पहिला भन्दा सुनसान भएका थिए तर अहिले चहलपहल बढदै छ ।

सदरमुकाममा हुने चहल पहल अहिले  स्थानीय तहका सदरमुकाम सरेको छ । जिल्ला सदरमुकाम  पहिला भन्दा सुनसान हुन थालेसँगै आर्थिक तथा व्यापारिक गतिविधिहरु समेत पहिला भन्दा अहिले घटेका छन् । स्थानीय तहका केन्द्रमा सदरमुकामको झल्को दिने चहलपहल बढ्दै गएको छ । सन्धिखर्क  अर्घाखाँचीको सदरमुकाम हो, जहाँ नेतादेखि कार्यकर्ता र हाकिमदेखि कर्मचारीको जमघट हुने गर्छन् । कुनै जिल्लास्तरीय ठूलो सभा आन्दोलन र कोण सभा गर्न परे अनिवार्य झर्नुपर्ने हुन्छ र राजनीतिक दलका सबै जिल्ला स्तरीय गतिविधि सन्धिखर्कमा हुने गर्छ ।

गाउँमा चहलपहल, सदरमुकाममा सुनसान

जिल्ला सदरमुकाममा सबै सरकारी अड्डा त छन्, तर चहलपहल कम छ । अहिले सदरमुकाम विगतमा जस्तो चहलपहल देखिँदैन कारण हो, स्थानीय सरकार गाउँगाउँमा हुनु  ।

Sandhikharka, Arghakhanchi,... - Sandhikharka, Arghakhanchi

सन्धिखर्कमा नागरिता र राहदानी मालपोत तिरो नापी कार्यालयहरुमा काम गराउन भने जिल्ला भरका मानिस आउनुपर्ने बाध्यता छ । स्थानीय तह कार्यान्वयनसँगै अहिले जिल्ला सदरमुकामहरु पहिला भन्दा  सुनसान बन्दै गएको स्थानीय ब्यापारी बताउँछन् ।

images

दैनिक सेवाग्राहीको चाप हुने जिविस अहिले समन्वय समितिका रूपमा परिणत भएपछि त्यहाँ समन्वय समितिका पदाधिकारी बाहेक कुनै सेवाग्राही आउँदैनन् । सन्धिखर्कमा ‘भवन मात्रै ठूला छन् । बजेट र योजना कम भएको कारणले पहिला भन्दा सुनसान भएको स्थानीयको बुझाइ छ । पहिले जस्तो भनसुन गरेर पनि सन्धिखर्कका सरकारी कार्यालयमा आउन चाहने कर्मचारीको दौडधुप पनि अहिले कम देखिन्छ, कर्मचारी पनि बढी पालिकामा जान चाहन्छन् ।

images

YouTube

सन्धिखर्कका व्यापारी तिर्थराज घिमिरेले भने,‘पहिला सरकारी कार्यालयमा सबै काम हुने थियोे । योजनाका कार्यक्रम हुने थिए, अहिले सबै नगरपालिका गाउँपालिकामा पुगेपछि सेवाग्राही पनि सन्धिखर्कमा कम मात्रै आउने गरेका छन् । फोटोकपी स्टेसनरीको ब्यापार घटेको छ ।’

images

अहिले जिल्लाका सबै कामहरु गाउँमा पालिका वडा कार्यालय वा पालिका मातहतका कार्यालय शाखा कार्यालयहरुबाट हुने गर्छ  ।  धेरै  शैक्षिक सेवाग्राही आउने शिक्षा विकास समन्वय इकाई  कार्यालय अहिले निकै सुनसान हुने गर्छ । धेरै शिक्षक कर्मचारीहरुको काम स्थानीय तहमा पालिकाबाट हुने भएपछि अति आवश्यक पर्ने शिक्षक कर्मचारी बाहेक अरु सो कार्यालयमा सेवा लिन आउन पर्दैन  ।

Arghakhanchi District and Supa Deurali Temple in Lumbini Province

जिल्ला समन्वय र शिक्षा समन्वय इकाई, डिभिजन  वन कार्यालय,  कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र भेटेनरी अस्पताल अर्घाखाँची अस्पताल, सालझण्डि ढोरपाटन, सडक जलश्रोत सिँचाइ डिभिजन, भू तथा जलाधार कार्यालय करदाता सेवा कार्यालय, घरेलु खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, प्रधानमन्त्री जोन संघीय खानेपानी, ढल व्यवस्थापन कार्यालय, नापी, मालपोत, हुलाक पूर्वाधार, विद्युत, अदालत, सरकारी वकिल कार्यालय, सडक पूर्वाधार कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, हुलाक, जिल्ला प्रशासन कोलेनिका लगायतका कार्यालयहरुबाट  सेवाग्राहीले सन्धिखर्कबाट सेवा लिने गरेका छन् । जसका कारण सदरमुकामको जनजीवन पहिला भन्दा चहलपहल थोरै वृद्धि भएको छ ।

Nepal life insurance

जिल्ला सदरमुकामको व्यापार पनि फस्टाउन सकेको छैन । जिल्लाको ठूलो व्यापारको हिस्सा गाउँका व्यापारीले लिन थालेका छन् । सरकारी सेवा र सुविधा पनि पहिले भन्दा सहज बन्दै गएपछि मानिसहरु सन्धिखर्क कम मात्रामा आउने गरेका छन् । जिल्ला समन्वय समिति अगाडि राशन, होटल  सञ्चालन गर्दै आएका रोशन पाण्डेले भने, ‘पहिला–पहिला नास्ता बेचेर थाकिन्थ्यो, अहिले व्यापार कम भएकोले समस्या उत्पन्न भएको हो ।’

स्थानीय तह कार्यान्वयन भएपछि आफु मात्रै नभएर सदरमुकामका थुप्रै व्यापारीको व्यापार घटेर गएको सन्धिखर्कका फोटो व्यापारी नारायण भट्टराई गुनासो गरे ।  अहिले गाउँबाट धेरै सिफारिस लिन सन्धिखर्क सदरमुकाम आउनु पर्दैन ।

‘पहिले–पहिले गाविसको सिफारिसका लागि पनि मानिस सचिव खोज्दै होटलमा आए,’ देउराली होटलका सञ्चालक मेग बहादुर खड्काले भने, ‘अहिले सबै गाउँ केन्द्रित हुनाले व्यापारमा ह्रास आएको महसुस भएको छ ।’

अर्घाखाँचीको खनदह मालारानि गाउँपालिको स्थायी  केन्द्र हो । सदरमुकाबाट सवारी साधनमा समेत १ घण्टा मा  पुगिन्छ । सोही गाउँपालिकाको वडा नं १ मरेयाङका  नागरिक सामान्य सिफारिसको लागि पनि सन्धिखर्क आउँदा ३ सय तिरेर सदरमुकाम आउँथे । अहिले धेरै काम गाउँपालिकाबाटै हुन्छन् । सोझै बुटवलबाट बस खनदह छुट्छन् ।