तीज पर्वलाई सामाजिक जागरणको रुपमा मनाऔंः अनेम संघ महासचिव राना (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची ।

भाद्र–१८,अर्घाखाँची- राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले तीज मिलन कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । तीजको अवसरमा शुभकामना आदान–प्रदान, नाँच–गान एवम् महिलाहरुले सामुहिक रुपमा दरखाने खुवाउने गरि मंगलबार सन्धिखर्कमा तीज मिलन कार्यक्रम गरेको हो ।

May be an image of 2 people and templeMay be an image of 4 people

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला रानाले तीज पर्वलाई सामाजिक जागरणको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

May be an image of textMay be an image of 2 people, people smiling and temple

तीजको बहानामा भएका नकारात्मक पक्षलाई हटाउँदै सकारात्मक रुपमा अघि बढ्नुपर्नेमा उहाँको जोड छ । “चाडपर्वलाई कम खर्चिलो बनाउनुपर्छ, भडकिलो बनाउनु हुँदैन ।” महासचिव रानाले भन्नुभयो,“तीज गीतको माध्यमबाट आफ्ना अधिकार माग्ने र सामाजिक जागरण ल्याउने काम गर्नुपर्दछ ।

May be an image of 12 people and textMay be an image of 15 people

”राष्ट्रिय जनमोर्चाका लुम्बिीनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी.ले अनेमसंघ अन्य राजनीतिक दलको महिला संगठन भन्दा विचार र क्षमताले अब्बलरहेको दाबी गर्नुभएको छ । समाजमा रहेका विकृति र विसंगतिलाई चिर्नअनेमसंघले अगुवाइ गर्नुपर्नेमा उहाँको जोड छ ।

May be an image of 15 people

images

राजमो केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापाले मुलुकमा प्राप्त उपलब्धि हाँसिल गर्न र परिवर्तनको आन्दोलनमा महिलाहरुको योगदानको
चर्चा गर्नुभएको छ । सचेत महिलाहरुको अगुवाई र योगदानका कारण आज महिलाहरुले स्वतन्त्र रुपमा तीज पर्व मनाउन पाएको उहाँको तर्क छ ।

May be an image of 13 people, table, hospital and textMay be an image of 2 people and temple

images

राजमो जिल्ला सह–सचिव तथा सन्धिखर्क नगरपालिकाको कार्यपालिका सदस्य लिला भुसालले प्राप्त उपलब्धिको रक्षा, उपयोग र नेतृत्वमा पुग्नको लागि महिला एकता अपरिहार्य भएको बताउनुभएको छ । चाडपर्वलाई भड्किलो नभई सामान्य रुपमा मनाउन उहाँले पनि आग्रह गर्नुभएको छ ।

May be an image of 12 people and text

images

अनेम संघ जिल्ला कोषाध्यक्ष मिना भट्टराईको अध्यक्षता, सदस्य तुलसा कंवरको स्वागत मन्तव्य र सचिव कल्पना पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो अर्घाखाँचीका नेता, अगुवा महिला तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

थप तस्बिर:

May be an image of textMay be an image of 2 people