अर्घाखाँची अस्पताललाई नेपाल टेलिकमद्वारा बेड हस्तान्तरण (तस्बिर सहित)

 

-हिम बहादुर जिसी “लेकाली”

असाेज ५ ,सन्धिखर्क- नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान “बेड कम चेयर्स “हस्तान्तरण गरेकाेछ । नेपाल टेलिकम केन्द्रीय कार्यालयले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ काे उपलक्ष्यमा कम्पनीकाे संस्थागत सामाजिक उत्तर दाईत्व (csr )कार्यक्रम अन्तरगत यी सामग्री प्रदान गरिएकाे हाे ।

May be an image of 8 people, hospital and text

नेपाल टेलिकम दूर सन्चार कार्यालय पाल्पा प्रमुख ईन्जिनियर राकेस पाण्डेले अस्पताल प्रमुख जगन्नाथ तिवारिलाई यी सामाग्रीहरू हस्तान्तरण गर्नु भएकाे छ। अस्पतालमा उपचारकाे लागि आउने बिरामीका कुरूवाका लागि लक्षीत गरेर यी सामाग्री हस्तान्तरण गरिएकाे हाे । याे साधन दिनमा फाेल्ड गरेर कुर्सी अाकारकाे बस्न सकिने र रातमा तानेर बेड बनायर सुत्न सकिन्छ ।

May be an image of 6 people, hospital and text

यसरी टेलिकमले प्रत्येक वर्ष शिक्षा , स्वास्थ्य ,खेलकूद ,बृद्धाअाश्रम ,बाल अाश्रम ,लगाएतका सामाजिक संघ संस्थाहरूमा राहत सामाग्री हस्तान्तरण गर्दै अाएकाे छ भने वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका क्षेत्रमा समेत सहयाेग पुर्याउँदै अाएकाे नेपाल टेलिकम केन्द्रीय कार्यालय सहायक व्यापार अधिकृत बेद प्रसाद पाैडेलले बताउनु भयाे ।

उहाँले टेलिकमले गत बर्ष सन्धिखर्क नगरपालिका २ भगवती मा.वि . कुर संखेटारि र भगवती मा.वि. ढाकावाङ्गमा १ बर्ष निशुल्क ईन्टरनेट सेवा प्रदान गरेकाे र अाजै सुपादेउराली मन्दिरमा केही थान डस्टबिन प्रदान गरिने जानकारि गराउनु भयाे ।

images

May be an image of hospital

कार्यक्रममा टेलिकम केन्द्रीय कार्यालय व्यापार अधिकृत कृष्ण प्रसाद पाैडेल ,नेपाल टेलिकम अर्घाखाँची पूर्व कार्यालय प्रमुख गाेबिन्द पराजुली ,निमित्त कार्यालय प्रमुख धर्मेन्द्र बि .क . अस्पताल प्रमुख डा. जगन्नाथ तिवारि , डा. अशाेक शाह , ईन्जिनियर खगेन्द्र ढकाल समेतकाे उपस्थिति रहेकाे थियाे ।

images

No photo description available.

 

images