पाणिनि पत्रकार समाज नेपाल द्वारा क्रमशःइतिहास स्थापित गर्नेक्रम जारी, प्रथम रक्तदान शिविर सम्पन्न ।(तस्बिर सहित)

 

-डिआरजी सुमन ,अर्घाखाँची डटकम् ।

पाणिनि, अर्घाखाँची । शुक्रवार ०७ मंसिर २०८१ । पाणिनी पत्रकार समाज नेपालको आयोजनामा पाणिनी गाउपालिकाको केन्द्र दुर्गाफाटमा एक दिवसीय बृहत् रक्तदान शिविर सम्पन्न भएको छ ।  पाणिनी गाउँपालिकाको सहयोग, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहकार्य तथा नियमित रक्तदाता समाज रुपन्देहीको सहकार्यमा शुक्रवार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 9 people, temple and text

पाणिनि पत्रकार समाज नेपाल द्वारा आयोजित उक्त रक्तदान शिविरमा ५५ युनिट रगत संकलन गरिएको संस्थाका अध्यक्ष भिम विश्वकर्माले कार्यक्रम समापनको चरणमा वताउनु भएको छ ।

May be an image of 3 people, people studying and hospital

पाणिनि गाँउ पालिकाको वहु उद्देश्यीय सभा हलमा आयोजित एक दिने रक्तदान शिविर कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्षनर्मदा पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, पाणिनि गाँउ पालिका संस्थापक अध्यक्ष अच्युत गौतम, पाणिनि गाँउ पालिका वडा नं १,२,३,४,५, र ७ नं अध्यक्षहरु क्रमश कमल प्रसाद पोखरेल, चन्द्रकान्ता पौडेल,युवराज ज्ञावली,हरी प्रसाद घिमिरे,इन्द्रामणि घिमिरे र गुनाखर अधिकारी सहित कार्यपालिका सदस्य तारा पौडेल,वडा नं ५ सदस्य पार्वता सुनार,गाउँपालिकाका अन्तर्गतका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक,स्वास्थ्य चौकी अडगुरीका प्रमुख, विभिन्न मिडियामा कार्यरत पत्रकार, लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

May be an image of 3 people, people studying and hospital

पाणिनि पत्रकार समाज नेपाल द्वारा आयोजित कार्यक्रममा रक्तदान दिने दाताहरु द्वारा शिविर को प्रसंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका छन । यस स्थानमा आज सम्म पत्रकारले समाचार मात्र वनाउने कार्य गर्दै आएको भएपनि यस पटक रक्तदान शिविर नै आयोजना गरेकोमा कार्यपालिका सदस्य तारा पौडेलले खुलेर प्रसंसा गर्नु भएको छ ।

images

May be an image of 4 people, people studying and hospital

एक दिवसीय रक्तदान शिविर कार्यक्रमका सहभागीहरूले पनि रक्तदानलाई आफ्नो सामाजिक जिम्मेवारीको रुपमा लिएको बताउदै खुसी व्याक्त गरेका छन ।

images

May be an image of 3 people, people studying, people smiling and hospital

शिविरमा सहभागिता जनाउदै पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज खनालले पत्रकार समाज नेपाल द्वारा अनुकरणीय उदाहरण प्रस्तुत गरेको वताउनु भएको छ भने नेपाल रेडक्रास सोसायटी मैदान उपशाखा वाट सहभागी हरी प्रसाद घिमिरे ले पाणिनि पत्रकार समाज नेपाल द्वारा आयोजित कार्यक्रम सफल भएको वताउदै महिला सहभागिता वनाउने गरी आगामी शिविर आवश्यक रहेको वताउनु भएको छ ।

images

May be an image of 3 people and hospital

पाणिनि गाँउ पालिका संस्थापक अध्यक्ष अच्युत गौतम, २ नं वडा अध्यक्ष चन्द्रकान्ता पौडेल ,७ नं वडा अध्यक्ष गुनाखर अधिकारी,विभिन्न विद्यालयका शिक्षक हरु सहित सहभागी कार्यक्रमको खुलेर प्रसंशा गर्दै आफुहरुले सदैव सहयोग गर्दै जाने वताउनु भएको छ ।

May be an image of 3 people, people studying and hospital

पाणिनि गाउँपालिकाको सामाजिक स्वास्थ्य सेवामा विगतका दिनमा पनि योगदान पुर्‍याएको र आगामी दिनमा पनि अझ महत्वपूर्ण विषयमा कार्यक्रम संचालन गर्ने गरी वार्षिक निति तथा कार्यक्रम रहेको सस्थाका महासचिव शिव वेल्वासेले वताउनु भएको छ ।

Nepal life insurance

– तस्वीर : डिआरजी सुमन, पाणिनि, अर्घाखाँची डटकम् ।