

-गोपाल प्रसाद भट्टराई।
पौष–१७,अर्घाखाँची- जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले शिक्षाको गुणस्तर सुधारका निम्ती निर्मम कदम चाल्न स्थानिय सरकारलाई आग्रह गर्नुभएको छ ।

कतै विद्यार्थिको चाप त कतै शिक्षकको चाप हुँदा सामुदायिक स्कुलमा देखिएको समस्या निराकरणको निम्ती शिक्षक दरबन्दी मिलानको निम्ती आवश्यक योजना र एक्शन अगाडि बढाउनुपर्नेमा उहाँको जोड रहेको छ ।


जनता आधारभुत विद्यालय सन्धिखर्क–८, नेपालीचौरको बुधबार सम्पन्न ४१ औं बार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै समन्वय प्रमुख कोइरालाले यस्तो अपिल गर्नुभएको हो । शिक्षाको नतिजा सुधार गर्न शिक्षकको एकता, अभिभावकको जागरुकता, विद्यार्थिको उत्सुकता र लगनशिलता हुनुपर्ने उहाँको तर्क रहेको छ ।


तिनपक्षको नङ र मासुको जस्तै सम्बन्ध स्थापित भएपछि जनप्रतिनिधि र सरोकारवालाले आवश्यक जिम्मेवारी पुरा गरेमा शिक्षाले नयाँ फड्को मार्ने समन्वय प्रमुख कोइरालाको विश्वांस रहेको छ ।

जिल्लाको शैक्षिक धरोहर पाणिनी बहुमुखी सहितका क्याम्पसहरु, प्राविधिक विद्यालयहरु र अन्य विभिन्न स्कुलमा विद्यार्थि, आर्थिक तथा जनशक्ति व्यवस्थापन निकै चुनौति बनेर आएकोले सबै सरोकारवाला गम्भिर हुनुपर्ने उहाँको अर्को भनाई रहेको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीले शिक्षको दरबन्दी तत्काल मिलान गर्नुपर्नेमा जोड दिनुभएको छ । यदि त्यसो नगरेमा अहिले शिक्षाको नतिजा बिग्रने मात्रै नभई भोलीका दिनमा शिक्षकले जिल्ला बाहिर गएर सेवा दिनुपर्ने र स्कुल मर्जरमा जानुपर्ने स्थिति आउने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ ।


कार्यक्रममा सन्धिखर्क नगरप्रवक्ता मोतिजंग रायमाझी, सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे, नेपाली कांग्रेस सन्धिखर्क उपसभापति शान्ता पन्थी, एमाले सन्धिखर्क उपाध्यक्ष नारायण खड्का, माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य ठाकुर सौराग, राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष गोविन्द वि.सी.,जनताकृष्ण मा.वि.पकलेका

प्र.अ.यम प्रसाद शर्मा,सामुदायिक वनउपभोक्ता महासंघका पूर्व जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेल, पूर्व वडा सदस्य देवी थापा भुसाल, पत्रकार गोपाल प्रसाद भट्टराई र अक्षयकोषदाता गोमा सापकोटा रेग्मीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँहरुले सामुदायिक विद्यालयतर्फ जनताआधारभुत विद्यालयले शिक्षाको गुणस्तर सुुधारका निम्ती गरेको प्रयत्न सबैको लागि सिकाई भएको बताउनुभएको छ ।

शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल निकाल्न जहाँ विद्यार्थि त्यहाँ शिक्षकको निति लागु गर्नुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

वि.व्य.स.अध्यक्ष शीव प्रसाद पोख्रेलको अध्यक्षता, शिक्षक बिमला पोख्रेलको स्वागत मन्तव्य र शिक्षक शालिकराम पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा निजि स्रोतका शिक्षक ३ जना, अक्षयकोषदाता र पूर्व शिक्षक गरि ७ जनालाई सम्मान समेत गरिएको छ ।


यस्तै २०८० सालको बार्षिक परिक्षामा उत्कृष्ट भएका तथा विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थिलाई पुरस्कृत समेत गरिएको र विद्यार्थिले स्कुल प्रवचन सहित गित र नृत्य प्रस्तुत गरेको शिक्षक केशवराज पोख्रेलले जानकारी दिनुभएको छ ।

वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेलबाट प्रगति प्रतिवेदन र प्र.अ. गिता वेल्वासेबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा सन्धिखर्कका कार्यपालिका सदस्य लिला

भुसाल, कृष्णा भुसाल सहितका जनप्रतिनिधि,शिक्षक, वि.व्य.स.का पदाधिकारी, अक्षयकोषदाता, पूर्व शिक्षक, पूर्व वि.व्य.स.अध्यक्ष तथा पदाधिकारी, पिटिए अध्यक्ष सहित पदाधिकारी, अभिभावक लगायत सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।


२०४१ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयमा हाल अंग्रेजी र नेपाली दुवै भाषामा अध्ययन अध्यापन हुंदै आएको छ ।

जसमा कक्षा नर्सरीदेखि कक्षा ६ सम्म ८५ जना विद्यार्थि रहेका छन् । भने ३ जना निजि सहित ८ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् ।
थप तस्बिर :



















