अन्तर पार्टी महिला सन्जाल अर्घाखाँचीकाे बैठक सम्पन्न

 

-हिम लेकाली, अर्घाखाँची ।

माघ ७ ,सन्धिखर्क- अन्तर पार्टी महिला सन्जाल अर्घाखाँचीकाे बैठक सन्धिखर्कमा सम्पन्न भएकाे छ । ईन्द्रकला गैरे (चन्द्रा ) काे अध्यक्षतामा सम्पन्न बैठक काे सन्चालन सचिव दिपा आचार्यले गर्नु भएकाे थियाे ।

बैठकले यहि माघ ५ गते देखि ७ गते सम्म सन्जालकाे आयाेजना र नगरपालिकाकाे सहयाेगमा सन्धिखर्कमा सम्पन्न नगरस्तरीय उपमेयर कप मा.वि.स्तरिय छात्रा भलिबल प्रतियाेगिताकाे समीक्षा गरेकाे छ । साथै आम्दानी खर्चकाे अनुमाेदन समेत गरेकाे छ ।

बैठकले पालिकास्तरिय सन्जाल गठनकाे लागि बिगत कमिटीमा निर्णय भए अनुसार सन्जाल गठनकाे काम पूर्ण नभएकोले सबै पालिकामा पुगेर सन्जाल गठन गरिने निर्णय गरेकाे सचिव दिपा आचार्यले बताउनु भयाे । उहाँले आगामि बर्ष कार्यक्रम सन्चालनकाे लागि सराेकारवाला संस्था संग प्रस्तावना पत्र (प्रपाेजल ) तैयार गरि पेश गर्ने समेत निर्णय भएकाे सुनाउनु भयाे ।

सन्जाल अर्घाखाँची विभिन्न राजनीतिक दलमा आबद्ध महिलाहरूकाे साझा संगठन हाे । यसको  कार्यकाल १ वर्ष भएकाेले प्रत्येक वर्ष आलाेपालाे अध्यक्ष बन्ने बिधानकाे ब्यबस्था छ । सन्जालले प्रत्येक वर्ष महिला शसक्तीकरण का क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएकाे छ ।

images

सन्जालले विभिन्न समयमा कानुनी साक्षरता कार्यक्रम , विभिन्न दिवसमा प्रतियोगितात्मक कार्यक्रम लगाएतका सचेतना मुलक कार्यक्रम साथै क्षमता अभिबृद्धीका कार्यक्रम सन्चालन गर्दै आएकाे छ ।

संस्थाले बेला बेला राहत बितरण कार्यक्रम ,सम्मान कार्यक्रम , एकल महिला ,दलित महिला ,गरिव दुखि निमुखा महिलाहरूकाे न्यायकाे पक्षमा पैरवी गर्दै आएकाे छ ।

images

अहिले ईन्द्रकला गैरै (चन्द्रा) काे अध्यक्षतामा १६ सदस्यीय कार्य समिति कृयाशिल छ ।

images

जस्काे उपाध्यक्षमा माधवा भुसाल ,सचिव दिपा आचार्य ,काेषाध्यक्ष ईश्वरा पाेख्रेल ,सदस्यहरूमा क्रमश शान्ता भण्डारी ,शुशिला गैरे ,संगिता घिमिरे बेल्बासे ,सरिता अर्याल ,कमला खनाल भण्डारी ,देबी थापा भुसाल ,सीता बि.क. शर्मिला पाख्रेल ,रमा आचार्य ,सीता भुसाल ,यमुना थापा रहनु भएकाे छ ।