नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न (तस्बिर सहित)

 

-हिम लेकाली।

माघ २६ ,सन्धिखर्क- नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको दाेस्राे पूर्ण बैठक शनिबार मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ।

पार्टी जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता र सचिव तोज बहादुर रायमाझी ( बिधान ) को सञ्चालनमा सम्पन्न बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज बाेम बहादुर बि.क. काे प्रमुख आतिथ्य रहेकाे थियाे भने पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीको विशेष आतिथ्य रहेको थियो।

बैठकमा पार्टी प्रदेश कमिटी सदस्य कुटमदिन अलि, भाेज बहादुर गन्दर्भ , प्रमिला क्षेत्री ,बसन्त कुमार श्रेष्ठ ,भिम के.सि ,मनिस शर्मा पन्थी , बसन्ता पौडेल , प्रमिला क्षेत्री , सराेज भुसाल , सिद्धी प्रसाद भुसाल काे साथै लुम्बिनी प्रदेश सल्लाहकार परिषद सदस्य दल बहादुर भट्टराई , चुरामणि भुसाल लगायतको आतिथ्य रहेको थियो। बैठकमा सबै पालिका कमिटीबाट अध्यक्ष/इन्चार्ज हरुले आ-आफ्नो पालिकाको पार्टी कामको रिपोर्टिङ्ग सहित महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्नुभएको थियो।

उक्त बैठकमा प्रमुख अतिथि बाेम बहादुर बि.क. ले महत्वपूर्ण विचार राख्दै बिरूवाकाे पातमा पानी राखेर जरामा नपुग्ने भएकाेले जरामा नै पानी राख्नु पर्ने उदाहरण पेस गर्दै साेहि अनुसार ३ महिने अभियान आधार भूमि गाउँ टाेल भएकाेले पार्टीकाे जरा जरामा पुगि कामगर्न पार्टीले कार्यक्रम अघि सारेकाे बताउनु भयाे । उहाँले साे अभियानलाई सफल पार्न केन्द्र देखि जिल्ला , पालिका र गाउँ तह सम्म सम्बन्धित सबैलाई जिम्मेवार भएर लाग्न निर्देशित गर्नु भयाे ।

images

बैठकले अध्यक्ष पीताम्बर भुसालले प्रस्ताव गर्नुभएका ७ वटा विषयहरूमा महत्वपूर्ण निर्णय लिएकाे छ ।  बैठकले बिभागकाे पूर्णता दिन पालिका कमिटीकाे नेतृत्व संग आवस्यक समन्वय गरि सचिवालय बैठक बाट बिभागलाइ पूर्णता प्रदान गर्ने निर्णय लिएकाे छ, त्यसै गरि जिल्ला जेष्ठ कम्युनिस्ट मन्च र जिल्ला सल्लाहकार परिषद पनि पालिका कमिटीकाे समन्वयमा सचिवालय ले पछि पूर्णता दिने बताईएकाे छ ।

images

त्यसै गरि जिम्मेवारीमा नरहेका कमरेड हरूलाई बैठकले क्षेत्रीय समन्वय कमिटी र जिल्ला कमिटीमा मनाेनयन गरेकाे छ भने र २१ सदस्यीय जिल्ला सचिवालय काे बिस्तार समेत गरेकाे छ ।

images

उप सचिव खगिश्वर पन्थीले स्वागत गर्नु भएकाे बैठकमा सचिव बिधानले केन्द्र र प्रदेश काे सर्कुलर बाचन र वार्षिक कार्य याेजना समेत निर्णयार्थ प्रस्तुत गर्नु भएकाे थियाे । यसै गरि पार्टीले ३ महिने बडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ सन्चालन गर्ने निर्णय गरेकाे छ । जनता समक्ष पार्टीकाे नीति र नेतृत्व स्थापना गर्न ,पार्टी बिरूद्ध का भ्रमहरू चिर्न , युवा नेतृत्व विकास , प्रबिधि मैत्री कार्यकर्ता तय गर्दै , विकास निर्माण र सम्बृधी संग जनता लाई जाेड्ने उद्देश्यले याे अभियान सुरू गरिएकाे बताइएकाे छ।

बैठकले प्रदेश कमिटी र भूमि आयाेगमा मनाेनित हुनेहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेकाे छ । साथै यस अवधिमा पार्टी सदस्य तथा निकट रहनुहुने महानुभावहरूका आफन्त जनहरूकाे दुखद निधनले पार्टी गहिराे शाेकमा परेकाे ले मृतक प्रति श्रर्द्धान्जली .र शाेक सन्तप्त परिवार जनमा गहिराे समेवदना समेत ब्यक्त गरेकाे छ ।

 

Nepal life insurance