गणतन्त्रको पक्ष र प्रतिगामी खतराका विरुद्धमा कोणसभा गरेर  राजमोले १८औं गणतन्त्र दिवस मनायो (तस्बिर सहित )

 

गोपाल प्रसाद भट्टराई

जेठ–१६, अर्घाखाँची राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन नसक्ने जिकिर गर्नुभएको छ ।

अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गर्नुभएको छ ।

१८ औं गणतन्त्र दिवसको अवसरमा गणतन्त्रको रक्षा र प्रतिगमनका विरूद्दमा बिहिबार सन्धिखर्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले यस्तो बताउनुभएको हो । सत्तामा बस्नेहरुको गलत प्रवृतिका कारण नागरिक निराश भएको र त्यहि मौकामा राजावादी सल्बलाएको उहाँको धारणा छ । मसानघाटमा अन्तिम संस्कार गरिसकिएको राजा ब्युताउने कुरा दिवा सपना मात्रै हुने अध्यक्ष के.सी.को तर्क छ ।

राजमो जिल्ला सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, जिल्ला उपाध्यक्ष गोपाल पौडेल, कोषाध्यक्ष गोविन्द वि.सी., सचिवालय सदस्यहरु भिमलाल आचार्य, कमल प्रसाद घिमिरे, अनेमसंघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल, नेतृ मिना वि.सी. लगायतको उपस्थिति रहेको थियो ।

images

गणतन्त्र जोगाउन सम्पूर्ण गणतन्त्र पक्षधर एकजुट हुनुपर्नेमा नेताहरुको जोड रहेको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिगामी खतराका विरुद्ध र गणतन्त्रको पक्षमा कोणसभा गरेर  १८औं गणतन्त्र दिवस मनाएको हो ।

images

 

Nepal life insurance

images