अर्घाखाँचीका युवा वैज्ञानिकले अन्टार्कटिकाको अनुसन्धानमा सफलता प्राप्त गरे ।

 

-अर्घाखाँची संवाददाता।

अर्घाखाँची, सन्धिखर्क वार्ड नम्बर दुई, भलाएडाँडा (चुत्राबेसी बजार भन्दा माथि पट्टि) निवासी बुद्धिजीवी श्री रामचन्द्र पोख्रेल तथा चित्रकला पोख्रेलका माहिलो छोरा डक्टर अंम्बरिश पोख्रेलले आफू प्रथम अनुसंधान कर्ता रही हालै मात्र अन्टार्कटिकाको करिब चार सय वर्ष सम्मको पुरानो हिउँको अनुसन्धान गरी विश्वको ठूलो मध्येकै एक

Nepal life insurance

“अमेरिकन रसायन समाज” ले निकाल्ने वैज्ञानिक पत्रिका “अर्थ एण्ड स्पेस केमेस्ट्री” मार्फत उनको अनुसन्धान यही जेष्ठ १९ गते (June 2) प्रकाशन भएको कुरा हामीले प्राप्त गरेका छौं ।

डक्टर पोख्रेलका अनुसार,
कम्तीमा पनि यो काम नेपालबाट उनी र उनको श्रीमति डक्टर भगवती कुँवर पोख्रेल नै पहिलो वैज्ञानिकहरु हुन, जसले यो क्षेत्रमा अन्टार्कटिकाको पहिलो प्रमाणित अनुसन्धान गरेको दाबी गरेका छन् ।

images

उनले भनेका छन्, नेपाली नागरिकता तथा नेपाली पासपोर्ट धरीले गरेको प्रथम अनुसन्धान हो अन्टार्कटिका निम्ति नेपालबाट पहिलोपटक ।

थप उनले भनेका छन्, मैले वा हामीले जुन कुरालाई लिएर अनुसन्धान गरेको छौ, त्यो फेरि विश्वको लागि नै नयाँ विषय हो अन्टार्कटिकाको थप जानकारीको निम्ति । अर्थात् विश्वका सबैको लागि पनि त्यो एउटा नजिर स्थापित भएको छ, जबसम्म अरूले त्यही कुरामा थप अनुसन्धान गरेर नयाँ जानकारी निकाल्न नसकेसम्म ।

images

चाख लाग्दो कुरा के छ भने उनले रसियाको साइबेरियन करिब चारसय वर्षकै पुरानोसम्मको हिउँको पनि अनुसन्धान गरी केही महिना अगाडि आफ्नो अनुसन्धान अमेरिकन विज्ञान पत्रिकाबाट नै प्रकाशित गरिसकेका छन् । उनी जल तथा मौसम वा वातावरणनिय केमेस्ट्री का विज्ञ मात्र होइनन्, स्वतन्त्र प्रकारको राजनीति विश्लेषण मुलक लेख, तथा साहित्यिक रचनाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरूमा समेत प्रकाशन गर्ने गर्छन् ।

images

डक्टर पोख्रेल परिवारलाई धेरै बधाई तथा शुभकामना छ हाम्रो अर्घाखाँची डट कमको तर्फबाट । यो अनुसन्धानमा चासो राख्नु हुने पाठकहरूले यो लिंकमा क्लिक गरेर अन्टार्कटिकाको बारेमा उनको अनुसन्धान पढ्न सकिन्छ।

LINK:- https://doi.org/10.1021/acsearthspacechem.4c00383

LINK:-  https://pubs.acs.org/doi/10.1021/acsearthspacechem.4c00383

Nepal life insurance


https://doi.org/10.1021/acsearthspacechem.4c00383

 

Nepal life insurance