कांग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ ।

सोमबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठक आज दिउसो साढे १२ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Nepal life insurance

बुधबारको बैठकले नेपाल तरूण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप २०८२ मंसिर २६—२८ मा अनिवार्य सम्पन्न गर्ने गरी त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै बुधबार केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., ई. मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना, आमन्त्रित प्रदेश सभापतिहरू— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेका थिए ।

 

Nepal life insurance