अर्घाखाँची शिव मदन मावि का प्रअद्वारा पत्रकार माधब पौडेललाई कालो मोसो र जुत्ताको मालाले स्वागत गर्ने धम्की !

imagesimages

 

अर्घाखाँची डट्कम् संबाददाता ( पाणिनि)

अर्घाखाँची – अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ अड्गुरीमा अवस्थित श्री शिव मदन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेलले पत्रकार माधब पौडेललाई कालो मोसो र जुत्ताको माला लगाएर स्वागत गर्ने धम्की दिएका छन्।

कक्षा १२ को नतिजा सार्वजनिक भएपछि पाणिनी गाउँपालिकाका सबै विद्यालयहरूले प्राप्त गरेको नतिजा अनुसार, पाणिनी गाउँपालिकामा सबैभन्दा उत्कृष्ट विद्यालय श्री नेपाल राष्ट्रिय मावि रहेको छ जसले ९६.९२% उतीर्ण प्रतिशत प्राप्त गरेको छ भने श्री शिव मदन माविको उतीर्ण प्रतिशत २७.२७% रहेको छ।

images

images

यस विषयमा पत्रकार माधब पौडेलले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। प्राप्त नतिजा अनुसार, श्री नेपाल राष्ट्रिय माविमा १३ जना परीक्षार्थीमध्ये १० जना उतीर्ण र ३ जना अनुतीर्ण भएका छन् भने शिव मदन माविमा ५५ जना परीक्षार्थीमध्ये १५ जना उतीर्ण र ४० जना अनुतीर्ण भएका छन्।

images

त्यसपछि शिव मदन माविको प्रधानाध्यापक राजेन्द्र पौडेलले आफ्नो विद्यालयको विद्यार्थी पालिकाहरुको बीचमा प्रथम भएको टिप्पणी गरेका थिए। सामाजिक सञ्जाल फेसबुकमार्फत आएका कमेन्ट र मेसेजहरूमा धम्कीपूर्ण भाषा प्रयोग गरी मानसिक तनाव दिएको भन्दै पत्रकार माधब पौडेलले फेसबुकमार्फत एउटा पोस्ट गर्दै आफूमाथि गरिएको धम्कीका स्क्रीनसटहरू शेयर गरेका छन्।

Nepal life insurance

शेयर गरिएको संवादका केही अंशमा प्रधानाध्यापकले भनेका छन्, “हजुरलाई शिव मदन माविमा स्वागतको कार्यक्रम छ,” जसको जवाफमा पत्रकार पौडेलले “कस्तो स्वागत सर?” भनेर सोधे। त्यसपछि प्रअ पौडेलले “कालो मोसो र जुत्ताको माला लगाएर स्वागत गर्ने” भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्। माधब पौडेलले ती संवादहरूस्क्रिनसट गरेर आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

केही समयपछि ती एसएमएसहरू प्रअ पौडेलले मेटाएका देखिए पनि माधब पौडेलले ती स्क्रिनसटहरू सुरक्षित राखेका थिए । उनले पछिल्लो समयमा बारम्बार मानसिक टर्चर दिएको  भन्दै सार्वजनिक गरेका हुन् । जुन उनले आफ्नै फेसबुकमा स्पष्ट रूपमा उल्लेख गरेका छन ।

 

Nepal life insurance