पाणिनी पत्रकार समाज नेपालको आधिकारिक वेबसाइट सार्वजनिक ।

imagesimages

 

डिआरजी सुमन,
दुर्गाफाँट ।

सोमवार, पाणिनी, अर्घाखाँची । पाणिनी पत्रकार समाज नेपालले आफ्नो आधिकारिक वेबसाइट pjsnepal.org सार्वजनिक गरेको छ । समाजका अध्यक्ष भिम विश्वकर्माको अध्यक्षता र पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वेबसाइट सार्वजनिक गरिएको हो ।

Nepal life insurance

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्षहरू, पालिका स्तरीय शिक्षा समितिका सदस्य तुल्सी पौडेल, कर्मचारी तथा समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

images

May be an image of 3 people, beard, people studying, book, office and text

images

अध्यक्ष भिम विश्वकर्माले वेबसाइट निर्माणको उद्देश्यबारे प्रकाश पार्दै यसको विशेषताबारे जानकारी गराएका थिए । उनले समाजका गतिविधि, समाचार, सूचना तथा अर्घाखाँची जिल्लासम्बन्धी सम्पूर्ण जानकारी वेबसाइटमार्फत उपलब्ध हुने बताए । साथै, यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

images

May be an image of 15 people and people studying

त्यसैगरी प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले राम्रो कामको सुरुवात भएको भन्दै प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Nepal life insurance

May be an image of 13 people, people studying and text

नवीनतम प्रविधिको प्रयोगमार्फत पत्रकार समाजको गतिविधिलाई अभिलेख गर्ने तथा जिल्लालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित वेबसाइट सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

May be an image of 13 people, people studying and text

– तस्वीर : डिआरजी सुमन, पाणिनी, अर्घाखाँची डटकम ।

 

Nepal life insurance