यसपालिको दशैमा प्रकृतिको दृश्यावलोकन गर्न अर्घाखाँचीको सुपा देउराली

imagesimages

 

प्रकृतिको दृश्यावलोकन गर्न अर्घाखाँचीको सुपा देउराली

-अर्घाखाँची डट्कम ।

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमानामा सुपा देउराली देवीको मन्दिर पर्दछ । यो मन्दिर पूर्व पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा रहेको छ । मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर पहाडहरू रहेका छन् ।

supadeuraliNepal life insurance

यो मन्दिर समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा रहेको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन् ।

प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा देवीले भाकल गर्ने युवालाई भिरमा टाँसिदिएको किम्बदन्ती रहेको छ ।

आस्थाको धरोहर सुपादेउराली मन्दिर - जहाँ पुगेपछि भक्तजनहरुको मन तृप्त हुन्छ

images

अहिले पनि उक्त भिर हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परको छ । जुन लाहुरे टाँसिएको भिरको नामले निकै नै प्रसिद्ध रहेको छ ।

Arghakhanchi.Com - लाहुरे टासेको सुपा भिर: यो दृश्य अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली माता देविले देउराली मन्दिर नजिकै पहरामा एक लाहुरेलाई ...

images

यस मन्दिरमा बलि दिने प्रथा भएता पनि औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढ्दैन । पर्यटकहरूले प्रकृतिको दृश्यावलोकन गर्नको लागि पहाडको उच्च भागमा २७२.८५ मिटर लामो झोलुगें पुल समेत रहेको छ ।

 

images

Nepal life insurance