राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिवालय सदस्य कमल प्रसाद घिमिरेलाई पत्नी शोक ( तस्बिर सहित )

imagesimages

 

गोपालप्रसाद भट्टराई अर्घाखाँची।

असौज-२९,अर्घाखाँची- अर्घाखाँची राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिवालय सदस्य कमल प्रसाद घिमिरेलाई पत्नी शोक परेको छ । नेता घिमिरेको पत्नी एवं राष्ट्रिय जनमोर्चाको क्रियाशिल सदस्य हरीकला घिमिरेको हिजो  मेडिसिटी अस्पताल काठमाडौंमा निधन भएको हो ।

Nepal life insurance

मालारानी ९ गोखुङ्गा हाल सन्धिखर्क २ निवासी हरिकलाको ६५ बर्षको उमेर निधन भएको हो । लामो समयदेखि नेकपा मसाल मार्फत कम्युनिस्ट आन्दोलनमा आबद्ध उहाँ जिल्लाको विकास र परिवर्तनको अभियानमा भूमिका खेल्नुभएको थियो ।

May be an image of one or more people and people smiling

राष्ट्रिय जनमोर्चाका नेता कमल घिमिरे शिक्षक पेशामा रहंदा र अवकासपछि सामाजिक काममा लाग्दा समेत उहाँले सहयोग पुर्याउनुभएको बताइएको छ । पछिल्लो समय उहाँ मृगौलाको रोगबाट पीडित हुनुहुन्थ्यो ।

May be an image of temple

जेठो छोरा श्याम पत्रकारीता क्षेत्रमा सक्रिय हुनुहुन्छ भने कान्छो छोरा चिरन र छोरी मिरा गरि उहाँको ३ सन्तान हुनुहुन्छ । अनेम संघमा समेत आबद्ध हुनुभएकी हरिकलालाई गच्छेघाटमा श्रदाञ्जली पश्चात आजै अन्तिम दाहसंस्कार गरिएको छ ।

images

No photo description available.

राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.ले पार्टीको झण्डा ओढाएर सम्मान सहित श्रदान्जली दिएपछि घाटमा सहभागी निवर्तमान संघिय सांसद बिजुला रायमाझी, सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थान नगरप्रमुख झविलाल थापा, नगर उपप्रमुख बालकृष्ण बन्जाडे, मालारानी अध्यक्ष दलबहादुर भट्टराई,  एमाले

images

No photo description available.May be an image of one or more people, tree and temple

अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल, कांग्रेसका प्रतिनिधि हरी दमासे, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क.किशोर, रास्वपा सभापति हरी प्रसाद भुसाल, एकिकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी., सचिव बाबुराम पन्थी,  लगायत दलका नेताहरु, नेपाल पत्रकार

images

No photo description available.

महासंघका अध्यक्ष गणेश खनाल सहितका पत्रकारहरु, निवृत राष्ट्रसेवक समाज, त्रिवेणी बचत तथा रिण सहकारी सहितका विभिन्न सामाजिक संघ संस्थाका प्रमुख, प्रतिनिधि, आफन्तजन र शुभचिन्तकसहितका सहभागीले उहाँलाई श्रदान्जली दिएका हुन् ।

May be an image of one or more people and people smiling

शोकसभाको संचालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य जीवनारायण खनालले गर्नुभएको थियो ।

Nepal life insurance

No photo description available.

Nepal life insurance