काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशन प्रमुख एजेण्डा

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । असोज २८ गतेदेखि शुरु भएको बैठक यहि कार्तिक १ गते बसेर आजदेखि बस्ने गरि स्थगित भएको थियो ।

बैठक आज दिउसो १ बजेदेखि सानेपा स्थित पार्टी केन्द्रिय कार्यलयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसमा महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र अन्य पक्षबीच भइरहेको विवादका कारण यो बैठकप्रति सबैको ध्यानकेन्द्रित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर भित्र महाधिवेशन गर्न नसकिने भन्दै आएको छ भने नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् । यसैबीच कांग्रेसका ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समेत माग केन्द्रीय कार्यालयमा दर्ता गराएका छन् ।

सभापति देउवाले यसै बैठकको पहिलो दिन नै आफ्नो स्वास्थ्यको कारण देखाउदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

 

Nepal life insurance