कांग्रेस केन्द्रीय समिती बैठक आजपनि बस्दै

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउसो १ बजेदेखि बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बस्नुपर्ने बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति हुन नसकेपछि बस्दैनबसी स्थगित भएको थियो ।

Nepal life insurance

महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए आफु बैठकमा सहभागी नहुने चेतावनी दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए ।

यस विषयमा छलफल गर्न शनिबार कांग्रेस पदाधिकारी बैठक बसे पनि सहमति जुट्न नसकेको बताइएको छ । आजको बैठक अघि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने व्यवस्था रहेको छ ।

त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।

 

Nepal life insurance