पाणिनी गाउँपालिकाद्वारा एक दिवसीय अपाङ्गता परिचयपत्र दर्ता शिविर सफलतापूर्वक सम्पन्न (तस्बिर सहित)

imagesimages

 

-डी.आर जि “सुमन”

अर्घाखाँची। पाणिनी गाउँपालिकाले आयोजना गरेको एक दिवसीय अपाङ्गता परिचयपत्र दर्ता शिविर मंगलबार दुर्गाफाँटस्थित पालिका भवनको परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ। शिविर अपाङ्ग व्यक्तिहरूको मौलिक अधिकार र मानवअधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको थियो।

May be an image of one or more people, hospital and text

यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका ८ वटै वडाका अपाङ्ग व्यक्तिहरूलाई लक्षित गरी परिचयपत्र वितरणको प्रक्रिया अगाडि बढाइएको सहायक महिला विकास निरीक्षक निर्मला चालिसेले बताउनुभयो। शिविरमा उपस्थित ४० जनामध्ये ३९ जना नागरिकलाई आवश्यक जाँच, कागजात प्रमाणीकरण र अपाङ्गताको प्रकृतिअनुसार परिचयपत्र वितरण गरिएको उपाध्यक्ष नर्मदा पौडेलले जानकारी दिनुभयो।

images

May be an image of one or more people, people studying, people smiling, table and hospitalNepal life insurance

images

शिविरमा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, २ नं वडा अध्यक्ष चन्द्रकान्त पौडेल, ३ नं वडा अध्यक्ष युवराज ज्ञवाली, ६ नं वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, ७ नं वडा अध्यक्ष गुनाखर अधिकारी, ८ नं वडा अध्यक्ष रोमबहादुर पाण्डे सहित कार्यपालिका सदस्य र कर्मचारीहरू उपस्थित थिए।

images

May be an image of studying

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख, कर्मचारी तथा स्थानीय प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा, सुविधा पहुँच र अधिकार संरक्षण सम्बन्धमा जानकारी तथा सुझाव प्रदान गरे।

Nepal life insurance

May be an image of one or more people, people studying and text

पाणिनी गाउँपालिकाले आगामी दिनमा अपाङ्गता सेवा, परिचयपत्र वितरण र सामाजिक समावेशी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

May be an image of one or more people and people studying

शिविरले अपाङ्ग व्यक्तिहरूलाई सेवा पहुँचमा सहजता, सामाजिक सम्मान र अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम भएको विश्लेषकहरूले बताएका छन्।

तस्बिर : 

May be an image of one or more people and people studying

May be an image of one or more people, people studying and table

May be an image of one or more people, people studying and chess

May be an image of one or more people

May be an image of one or more people and hospital

May be an image of one or more people, people studying and table

May be an image of one or more people, people studying, table and text that says "HTE T B 小.料 Narmada Vice Gautam Chairperson NarmadaGautamPaudel Chairperson Paudel"

 

Nepal life insurance