भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन सम्पन्न (तस्बिर सहित)

imagesimages

 

-टेकराज भुसाल।

भानुभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिक उत्सव (स्वर्ण जयन्ती)को अवसरमा आज उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

उद्घाटन समारोह लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री माननीय सरोज थापा (रोज राणा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने मल्लरानी गाउँपालिका अध्यक्ष श्री कृष्णबहादुर खड्काको विशेष उपस्थिति रहेको थियो।

images

Nepal life insurance

images

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले भानुभक्त माध्यमिक विद्यालयले विगतदेखि ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। उहाँले शिक्षाको विकास बिना समग्र समाजको विकास सम्भव नहुने बताउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

images

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जिवलाल खत्रीले विद्यालय स्थापनादेखि हालसम्मको यात्रा, उपलब्धि र चुनौतीबारे प्रकाश पार्दै सबै सरोकारवालाको सहयोगले विद्यालय यहाँसम्म आइपुगेको बताउनुभयो। स्वर्ण जयन्ती कार्यक्रम पौष २ गतेसम्म सञ्चालन हुनेछ।

Nepal life insurance

पौष १ गते पूर्व शिक्षक तथा विद्यार्थीहरूको पुनर्मिलन तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएकाे छ भने पौष २ गते विविध कार्यक्रमसहित समापन समारोह सम्पन्न गरिनेछ।

विद्यालयले स्वर्ण जयन्तीको अवसरमा विभिन्न शैक्षिक, साँस्कृतिक तथा स्मरणीय कार्यक्रमहरू आयोजना गरी आफ्नो इतिहासलाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षाको प्रतिबद्धता व्यक्त गरेको छ।

 

Nepal life insurance