अर्घाखाँची: “धार्मिक–सामाजिक अभियन्ता ” नारायणप्रसाद खनालको प्रतिनिधिसभा चुनावमा, अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी घोषणा” (तस्बिर सहित)

imagesimages

 

“धार्मिक–सामाजिक अभियन्ता ” नारायणप्रसाद खनालको प्रतिनिधिसभा चुनावमा , अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी घोषणा”

-अर्घाखाची डट्कम ।

अर्घाखाँची। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीका सामाजिक र धार्मिक क्षेत्रमा लामो समयदेखि सक्रिय नारायणप्रसाद खनाल ले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले जिल्लाको भूगोल, सामाजिक अवस्था, जनताको आवश्यकतासँग गहिरो परिचित भएको हुँदा आफू निर्वाचनका लागि उपयुक्त उम्मेदवार भएको दाबी गर्नुभएको छ।

Nepal life insurance

सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन मा उहाँले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै भन्नुभयो, “जिल्लाका वास्तविक मुद्दा, जनताको चासो र विकासका आवश्यकता नै मेरो मुख्य चुनावी एजेण्डा हुन्। म जनताको आवाज संसदसम्म पुर्‍याउन प्रतिबद्ध छु।”

खनालले जिल्लाको भूगोल, सामाजिक अवस्था र स्थानीय मुद्दा का विषयमा व्यापक समझ राखेको उल्लेख गर्दै, आगामी निर्वाचनमा विचार र एजेण्डा मिल्ने वैकल्पिक शक्ति वा समूहसँग सहकार्यको ढोका खुला रहेको पनि बताउनुभयो।

images

उहाँले आफ्नो अभियानलाई पारदर्शी, निष्पक्ष र विकासमुखी बनाउने प्रतिवद्धता व्यक्त गर्दै भने, “पार्टीगत स्वार्थभन्दा माथि उठेर म अर्घाखाँचीको हित र जनताको आवश्यकतामा ध्यान दिनेछु। शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय उद्योग प्रवर्द्धन मेरा मुख्य प्राथमिकता हुन्।”

खनालले जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्याको सामाधान , र प्रभावकारी नीति निर्माणको माध्यमबाट अर्घाखाँचीको दिगो विकास सुनिश्चित गर्ने योजना रहेको स्पष्ट पार्नुभयो।

images

खनालको उम्मेदवारी घोषणा पछि जिल्ला राजनीतिमा नयाँ उत्साह र चर्चा सुरु भएको छ।

 

images

Nepal life insurance