अर्घाखाँची: कमला माविमा युवा लक्षित लागूऔषध नियन्त्रण तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची डटकम।

अर्घाखाँची । पाणिनी गाउँपालिका वडा नं. ८ पालीमा रहेको कमला माध्यमिक विद्यालयमा बिहीबार युवा लक्षित लागूऔषध नियन्त्रण तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

May be an image of textNepal life insurance

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले युवाहरू तथा विद्यार्थीहरू समाज परिवर्तनका आधार भएको उल्लेख गर्दै गलत कुलत तथा लागूऔषध दुर्व्यसनबाट टाढा रहन आग्रह गर्नुभयो। विद्यालय तहबाटै सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो। समाज सुधारमा युवा तथा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो।

May be an image of one or more people and people studying

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीले लागूऔषध दुरुपयोगले पार्ने सामाजिक, मानसिक र कानुनी असरबारे जानकारी गराउँदै विद्यालयमा सञ्चालन गरिने यस्ता शैक्षिक कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने बताउनुभयो। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

May be an image of one or more people

विद्यालयका प्रधानाध्यापक गोविन्द पन्थीले विद्यार्थीहरू स्वयं सचेत वर्ग भएकाले उनीहरूकै माध्यमबाट समाज र जिल्लाभर चेतनामूलक सन्देश फैलाउन सकिने बताउनुभयो।

May be an image of one or more people, crowd and text

सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहाले लागूऔषध दुर्व्यसन तथा आत्महत्या न्यूनीकरणविरुद्ध यस्ता कार्यक्रमहरूले युवालाई जिम्मेवार, सचेत र सुरक्षित भविष्यतर्फ डो¥याउने विश्वास व्यक्त गर्नुभयो।

May be an image of one or more people and people studying

कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख डीएसपी विनय कुमार चतुर्वेदी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख सरोज केसी, पाणिनी गाउँपालिका वडा नं. ८ का अध्यक्ष रोम बहादुर पाण्डे, कमला माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नजिर मोहम्मद लगायतले मन्तव्य राख्नुभएको थियो।

May be an image of one or more people and people studying

कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका खरिदार कृष्ण ज्ञवालीले गर्नुभएको थियो। सहभागीहरूले लागूऔषध दुर्व्यसन, विकृति–विसंगति तथा आत्महत्या न्यूनीकरणविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

थप तस्बिर :

May be an image of one or more people and people studying

May be an image of text

May be an image of text

May be an image of one or more people and text

May be an image of one or more people and people studying

May be an image of one or more people

May be an image of text

May be an image of one or more people, crowd and text

Nepal life insurance