लोक संगीतको धरोहर फर्काउँदै अर्घाखाँचीकी विष्णुमायाको “चरी बनमा छ” ठाडो भाकाको गीत बजारमा।

imagesimages

 

-अर्घाखाँची डटकम सम्बाददाता ।

सन्धिखर्क – अर्घाखाँची–२, सन्धिखर्ककी विष्णुमाया परियारले नेपाली लोक–संगीतको पुरानो ठाडो भाकालाई पुनः जीवन्त बनाउने प्रयास गर्दै “चरी बनमा छ” बोलको गीत बजारमा ल्याएकी छन्।

नेपालमा पछिल्ला दशकमा लोक–उन्मुख ठाडो भाकाहरू बिस्तारै ओझेलमा परिरहेको अवस्थामा, यस गीतले पुरानो मौलिक संस्कृतिलाई सम्झाउने काम गरेको छ। विष्णुमायाको यो गीतमा उनकी छोरी, राष्ट्रिय कलाकार तथा चर्चित लोक गायिका सुनितामी परियारले स्वर दिएकि छिन।

युट्युब च्यानलमार्फत रिलिज भएको यो गीत अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ। विशेषगरी युट्युब रिल्स र टिकटकमा दर्शक–श्रोताहरूले अत्यन्तै मन पराइरहेका छन्, जसले पुराना ठाडो भाकाप्रतिको रुचि अझै जीवित रहेको प्रमाणित गरेको छ।

संगीतकर्मीहरू र दर्शकहरूले यस गीतलाई नेपाली लोक–संगीतको संरक्षण र प्रवर्द्धनतर्फ एउटा महत्त्वपूर्ण प्रयासको रूपमा मूल्याङ्कन गरेका छन्।

Video link :- पुराना ठाडो भाकामा नयाँ जीवन! विष्णुमाया र सुनितामी परियारको ‘चरी बनमा छ’ 

images

 

images

#LokSangeet #ThadoBhaka #ArghakhanchiCom

Nepal life insurance

images