बालेन पक्षलाई टिकट दिएपछि रास्वपा तेह्रथुमको जिल्ला कमिटीको सामुहिक राजीनामा

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेह्रथुमका जिल्ला कार्यसमितिका सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।  उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै सिंगो समितिले राजीनामा दिएको हो ।

केन्द्रले तेह्रथुममा बालेन शाह पक्षका उम्मेदवारलाई टिकट दिएपछि रास्वपाको सामुहिक राजीनामा आएको बताइएको छ । यसअघि सभापति खत्रीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको थियो । तर केन्द्रले  बालेन पक्षका ऋतुराज लिम्बूलाई टिकट दिएको छ ।

Single Image

राजीनामा पत्रमा जिल्ला र प्रदेश समितिको भावना विपरीत बालेन समूहका व्यक्तिलाई अमुक ढंगले टिकट दिँदा तेह्रथुमको जनभावना र राजनीतिक सहमतिमा गम्भीर कुठाराघात भएको र यो निर्णयले पार्टीको विधि र पद्धतिलाई समेत चुनौती दिएको उल्लेख गरिएको छ ।

सामूहिक राजीनामा दिनेहरूमा जिल्ला कार्यसमिति सभापति ई. सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालीगुराँस नगरपालिकाका सभापति सुमन लिम्बु, मेन्छ्यायेम गाउँपालिकाका संयोजक छात्रबहादुर थापा, छथर गाउँपालिकाका सचिव विष्णु एस। कटुवाल, फेदाप गाउँपालिकाका संयोजक लक्ष्मण थापा र आठराई गाउँपालिकाका सभापति चेतन गौतम रहेका छन् ।

त्यस्तै जिल्लाका सबै पालिका र वडा कमिटीका पदाधिकारीहरूसँगै तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहालले पनि पदबाट राजीनामा दिएका छन् ।

images

 

Nepal life insuranceimagesimages

images