सामुदायिक विद्यालयको सफलता – ४ जिपिए ल्याएर अर्घाखाँची जिल्ला प्रथम बनेकी विदुषी खड्का जनज्योति माविद्वारा सम्मानित (तस्बिर सहित )

 

-अर्घाखाँची डट्कम ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेसीमा रहेको जनज्योति माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट सफलता हासिल गरेका विद्यार्थीलाई विशेष कार्यक्रमका बीच सम्मान गरेको छ ।

May be an image of dais and text

विद्यालय परिसरमा आयोजित कार्यक्रममा ४.०० जिपिए प्राप्त गर्दै अर्घाखाँची जिल्लामै प्रथम हुन सफल विदुषी खड्का सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो । सम्मानित विद्यार्थीलाई दोसल्ला, प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

May be an image of one or more people and text

कार्यक्रममा पूर्व कमल भुसाल, सन्धिखर्क नगरपालिकाको शिक्षा शाखा प्रमुख मञ्जु आचार्य, विद्यालयका प्रधानाध्यापक माधव प्रसाद आचार्य, पूर्व विद्यार्थी लक्ष्मण पराजुली, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

May be an image of one or more people and text

कार्यक्रमलाई सम्बोधन गर्दै कमल भुसालले विदुषी खड्काले हासिल गरेको ४ जिपिएको उपलब्धि विद्यालय मात्र नभई समग्र अर्घाखाँचीकै गौरवको विषय भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने उदाहरण जनज्योति माविले प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

May be an image of text

त्यस्तै शिक्षा शाखा प्रमुख मञ्जु आचार्यले सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको बताउँदै जनज्योति माविको सफलताले सम्पूर्ण जिल्लालाई प्रेरणा दिएको धारणा व्यक्त गर्नुभयो । विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यकै कारण यस्तो ऐतिहासिक सफलता सम्भव भएको उहाँको भनाइ थियो ।

May be an image of text

प्रधानाध्यापक माधव प्रसाद आचार्यले विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधारका लागि योजनाबद्ध रूपमा काम गर्दै आएको जानकारी दिनुभयो । नियमित पठनपाठन, अतिरिक्त कक्षा, अभिभावकसँगको समन्वय तथा अनुशासित शैक्षिक वातावरणका कारण यस वर्ष उल्लेखनीय सफलता हासिल भएको उहाँले बताउनुभयो ।

पूर्व विद्यार्थी लक्ष्मण पराजुलीले आफ्नो पुरानो विद्यालयले जिल्ला प्रथम विद्यार्थी उत्पादन गरेकोमा गर्व लागेको बताउँदै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा पूर्व विद्यार्थीहरूको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

May be an image of dais and text

सम्मानित विद्यार्थी विदुषी खड्काले आफ्नो सफलताको श्रेय शिक्षक, अभिभावक तथा विद्यालयले उपलब्ध गराएको शैक्षिक वातावरणलाई दिनुभएको थियो । निरन्तर मेहनत, समय व्यवस्थापन र आत्मविश्वासका कारण सफलता हासिल गर्न सकेको उहाँले बताउनुभयो ।

एसइईमा जिल्ला प्रथम बन्न सफल विदुषी खड्काले आफूलाई निरन्तर प्रेरणा र मार्गदर्शन गर्ने शिक्षकहरूप्रति सम्मान प्रकट गर्दै खादा ओढाएर सम्मान गरेकी थिइन् ।

May be an image of one or more people and text

यस वर्षको एसइई परीक्षामा जनज्योति माध्यमिक विद्यालयले हासिल गरेको उल्लेखनीय सफलताले सामुदायिक विद्यालयहरूमा पनि उच्चस्तरीय शैक्षिक उपलब्धि सम्भव छ भन्ने सशक्त सन्देश दिएको स्थानीयहरूको भनाइ छ ।

#SEE2026 #VidushiKhadka #JanajyotiSchool #Sandhikharka #Arghakhanchi #EducationNews #SEETopper #CommunitySchool #NepalEducation #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages