“बेस्ट पुलिस अफ द मन्थ” घोषित भए अर्घाखाँचीका प्रहरी प्रमुख दिवस जिसी

“बेस्ट पुलिस अफ द मन्थ” घोषित भए अर्घाखाँचीका प्रहरी प्रमुख दिवस जिसी

-अर्घाखाँची डटकम ।

अर्घाखाँची — दिवस जिसी लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये उत्कृष्ट कार्यालय प्रमुखका रूपमा सम्मानित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख रहेका जिसीलाई २०८३ साल वैशाख महिनाको “उत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषणा गरिएको हो।

सांगठनिक नीति निर्देशनअनुसार प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई उच्च व्यवसायिकताका साथ निर्वाह गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनपछि उहाँ सम्मानित हुनुभएको हो।

images

विशेषगरी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ पानडाँडा मा मकैबारी जोगाउन बाँदर लखेट्ने क्रममा गोली लागेर मृत्यु भएका ४४ वर्षीय पदमबहादुर केसीको घटनाको सफल अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन खेलेको भूमिकालाई प्रहरी प्रधान कार्यालयले उच्च मूल्याङ्कन गरेको बताइएको छ।

images

images

प्रमुख जिसीले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा सीमित स्रोत–साधनबीच पनि उत्कृष्ट नतिजा हासिल गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको जनाइएको छ।

प्रहरी संगठनले उपलब्ध सूचकहरू पूरा गर्दै सीमित साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उहाँलाई “Best Police of the Month” बाट सम्मानित गरेको हो।

Nepal life insurance

जिल्लामा पछिल्लो समय अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवामा सुधार आएको भन्दै स्थानीय तह तथा सर्वसाधारणले समेत प्रहरी प्रमुख जिसीको कार्यशैलीको प्रशंसा गर्दै आएका छन्।

#Arghakhanchi #NepalPolice #DSPDiwasGC #BestPolice #Lumbini #PoliceNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages