अर्घाखाँची डटकमको २० वर्षे गौरवपूर्ण यात्रा, २१औँ वर्षमा प्रवेशको सुखद अवसरमा हार्दिक शुभकामना!

अर्घाखाँची। सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा निरन्तर क्रियाशील अर्घाखाँची मिडिया हाउस प्रा.लि. अन्तर्गत सञ्चालित अर्घाखाँची डटकम (www.arghakhanchi.com) ले आफ्नो गौरवपूर्ण यात्राको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसर मनाइरहेको छ।

सन् २००६ अगस्ट ११ बाट आधिकारिक वेबसाइटमार्फत आफ्नो यात्रा सुरु गरेको अर्घाखाँची डटकमको सुरुवात भने सन् १९९८ मा ब्लगमार्फत भएको थियो। प्रविधिको विकाससँगै समयअनुसार आफूलाई परिवर्तन गर्दै अर्घाखाँची डटकम आज दुई दशक लामो अनुभवसहित नेपालको पुरानो र निरन्तर सक्रिय डिजिटल सञ्चार माध्यमका रूपमा स्थापित भएको छ।

दुई दशक लामो यात्राको क्रममा अर्घाखाँची डटकमले सत्य, तथ्य, निष्पक्षता र जनपक्षीय पत्रकारितालाई मूल आधार बनाउँदै देश तथा विदेशमा रहेका नेपाली पाठक, दर्शक र स्रोतामाझ विश्वसनीय सञ्चार माध्यमको पहिचान बनाउन सफल भएको छ।

यस ऐतिहासिक अवसरमा अर्घाखाँची मिडिया हाउस प्रा.लि. सम्पूर्ण पाठक, दर्शक, शुभचिन्तक, विज्ञापनदाता, पत्रकार, संवाददाता, कर्मचारी, सहयोगी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद, आभार तथा कृतज्ञता व्यक्त गर्दछ।

अर्घाखाँची डटकमले आफ्नो यात्राको सुरुवात स्थानीय समाचार र जनसरोकारका विषयबाट गरे पनि आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका समाचार, सूचना, विचार, फोटो, भिडियो तथा मल्टिमिडिया सामग्री सम्प्रेषण गर्ने डिजिटल प्लेटफर्मका रूपमा विस्तार भएको छ।

हाल अर्घाखाँची मिडिया हाउस प्रा.लि. अन्तर्गत:

  • अर्घाखाँची डटकम अनलाइन न्युज पोर्टल (English/ Nepali version)
  • अर्घाखाँची डटकम राष्ट्रिय साप्ताहिक
  • द टाइम्स अफ अर्थ नेपाल (नेपाल संस्करण)
  • अर्घाखाँची डटकम HD, arghakhanchi.comHD
  • फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स लगायतका डिजिटल प्लेटफर्महरू

मार्फत नियमित रूपमा समाचार तथा सूचनाहरू सम्प्रेषण हुँदै आएका छन्।

दुई दशकको यात्रामा अर्घाखाँची डटकमले कुनै राजनीतिक दल, समूह वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष पत्रकारिता, जनताको आवाज र सत्य सूचनाको पक्षमा निरन्तर काम गर्दै आएको छ।

आगामी दिनमा अझ आधुनिक डिजिटल प्रविधि, मल्टिमिडिया पत्रकारिता, कृत्रिम बुद्धिमत्ता (AI) लगायत पछिल्ला प्रविधिको प्रयोग गर्दै सञ्चार सेवालाई थप प्रभावकारी, विश्वसनीय र गुणस्तरीय बनाउने प्रतिबद्धता अर्घाखाँची मिडिया हाउसले व्यक्त गर्दछ।

images

समाजका दुर्गम क्षेत्र, ओझेलमा परेका समुदाय, जनसरोकारका विषय, विकास, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, विज्ञान तथा प्रविधिका क्षेत्रमा आवश्यक सूचना र आवाजलाई अझ सशक्त रूपमा उठाउँदै जाने हाम्रो प्रतिबद्धता रहनेछ।

images

२० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको यस गौरवपूर्ण अवसरमा अर्घाखाँची मिडिया हाउस प्रा.लि. सम्पूर्ण पाठक, दर्शक, शुभचिन्तक, पत्रकार तथा सहयोगीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

तपाईंहरूको विश्वास, माया र साथ नै हाम्रो यात्राको सबैभन्दा ठूलो शक्ति हो। धन्यवाद।

images

अर्घाखाँची मिडिया हाउस प्रा.लि.
www.arghakhanchi.com
अर्घाखाँची डटकम परिवार

अन्य समाचारहरु