गोसाईंकुण्डमा रहेकाहरूलाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहः सुर्यकुण्ड समुन्द्रटार हुँदै काठमाडौं फर्कन सकिने

प्राकृतिक विपत्तिका कारण गोसाईंकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकहरूलाई सुरक्षित रूपमा काठमाडौं फर्कनका लागि सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण र विपद् प्रभावित क्षेत्रमा पर्ने भएकालेसुरक्षित मार्गको रूपमा ‘समुन्द्रटार रुट’ लाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो ।

गोसाईंकुण्डबाट काठमाडौं फर्कन चाहनेहरूले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प, फेदी, तालु र सिसिपु हुँदै घ्यामफेदी र समुन्द्रटारको बाटो प्रयोग गर्नसक्नेछन् ।

हालका लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ ।