सुरक्षित यात्राका लागि सन्धिखर्कमा सहायता कक्ष सञ्चालन, सचेत भएर यात्रा गर्न प्रहरीको आग्रह

केशव पन्थी, अर्घाखाँची ।

दशैँ, तिहारलगायतका चाडपर्व नजिकिएसँगै अर्घाखाँचीमा हुने सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको पहलमा सन्धिखर्क नगरपालिका–१ शान्तिबगैँचामा आजदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

May be an image of text

सहायता कक्षको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो। चाडपर्वको समयमा जिल्लामा बाहिरबाट घर फर्किने तथा जिल्ला बाहिर जाने यात्रुको संख्या बढ्ने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सूचना, सहयोग र सुरक्षा प्रदान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

सहायता कक्ष उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला अनुसन्धान कार्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी, पत्रकार, यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा चाडपर्वको समयमा जिल्लाको शान्ति–सुरक्षा, यातायात व्यवस्थापन तथा यात्रुको सुरक्षाका विषयमा छलफलसमेत गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले दशैँको समयमा यात्रा गर्दा सबैले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। चाडपर्वको समयमा सडकमा सवारी साधनको चाप बढ्ने र यात्रुको आवागमनसमेत बढ्ने भएकाले चालक तथा यात्रु दुवै सचेत हुनुपर्ने उहाँको भनाइ छ।

May be an image of one or more people

डीएसपी जिसीले सवारी चालकले तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नराख्न तथा सवारी साधनको अवस्थासमेत जाँच गरेर मात्र लामो यात्रा गर्न आग्रह गर्नुभयो। उहाँले यात्रुहरूलाई पनि आफू चढेको सवारी साधन, चालकको अवस्था तथा यात्राका क्रममा अपनाउनुपर्ने सुरक्षाका विषयमा सचेत रहन अनुरोध गर्नुभयो।

दशैँको समयमा जिल्लाका ग्रामीण तथा मुख्य सडकहरूमा सवारी साधनको चाप बढ्ने भएकाले सडकको अवस्था र मौसमलाई ध्यानमा राखेर यात्रा गर्नुपर्ने प्रहरीको भनाइ छ। विशेषगरी ग्रामीण सडकमा वर्षाका कारण सडक बिग्रिएको तथा कतिपय स्थानमा सडक साँघुरो र जोखिमपूर्ण रहेकाले चालकले गति नियन्त्रण गरी सावधानीपूर्वक सवारी चलाउनुपर्नेमा प्रहरीले जोड दिएको छ।

images

May be an image of one or more people and text

सहायता कक्षबाट यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने, यात्राका क्रममा देखिएका समस्या तथा गुनासो सम्बोधन गर्न सहजीकरण गर्ने र आवश्यक अवस्थामा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।

images

कार्यक्रममा सहभागी यातायात व्यवसायी तथा सरोकारवालाले पनि दशैँको समयमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी चालक, यातायात व्यवसायी तथा सुरक्षा निकाय सबैको रहेको उनीहरूको भनाइ थियो।

May be an image of text

images

सन्धिखर्कको शान्तिबगैँचामा सञ्चालनमा आएको सहायता कक्षले दशैँका समयमा अर्घाखाँची भित्रिने तथा बाहिरिने यात्रुका लागि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरीले चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दशैँको समयमा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा सहायता कक्षमा सम्पर्क गर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ। सुरक्षित यात्रा नै सबैको प्राथमिकता भएकाले ट्राफिक नियमको पालना गर्दै संयमित र जिम्मेवार भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

May be an image of one or more people and people smiling

May be an image of dais and text

Nepal life insurance

May be an image of one or more people and text