
सन्धिखर्क । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको कपिलवस्तु सरुवा भएको छ। गृह मन्त्रालयले गरेको प्रशासनिक सरुवाअन्तर्गत सुवेदीलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो।
२०८२ कात्तिक २७ गते अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका सुवेदीले करिब ११ महिना जिल्लाको प्रशासनिक नेतृत्व गरेका छन्।


कार्यकालका क्रममा सुवेदीले शान्ति सुरक्षा, नागरिक सेवा प्रवाह, प्रशासनिक समन्वय तथा जिल्लाका सार्वजनिक सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा विभिन्न विषयमा सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने प्रयास उनका कार्यकालका महत्वपूर्ण पक्षका रूपमा देखिएका छन्।

अर्घाखाँचीमा रहँदा नागरिकसँगको समन्वय र प्रशासनिक जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गरेका सुवेदीले जिल्लामा सकारात्मक छाप छोडेका छन्।
करिब ११ महिनाको अर्घाखाँची बसाइपछि सुवेदी अब कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ जिम्मेवारी सम्हाल्नेछन्।

अर्घाखाँची डटकम | Arghakhanchi.com HD




