नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दै

Open photo

काठमाडौं । नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

चियापान कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी मूख्यालमा दिउँसो १२ बजे हुँदैछ ।

1

हिजोका लागि तय गरिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका कारण आजका लागि सारिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न दलका नेताहरु, संवैधानिक तथा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका नेपालस्थित राजदुूतलगायतलाई आमन्त्रण गरिएको छ ।

1

साथै चियापान कार्यक्रममा पार्टीका कार्यकर्ताहरुलाई पनि आमन्त्रण गरिएको छ ।

 

111Open photo