एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुको समावेदनमा राष्ट्रपतिद्वारा आह्वान गरिएको व्यवस्थापिका संसदको विशेष अधिवेशन आइतबारदेखि सुरु भएको छ ।विशेष अधिवेशनको पहिलो दिनको बैठक औपचारिकतामा मात्र सिमित भएको छ ।बैठकमा सभामुख सुभासचन्द्र नेम्वाङले अधिवेशन आहृवानका लागि राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र र माओवादीले विशेष अधिवेशनका लागि दर्ता गरेका प्रस्तावका बारेमा जानकारी दिनुभयो ।
माओवादी प्रस्तावमा छलफल गर्न आउँदो ८ र नौ गते समय छुट्टाइएको छ । माओवादीको प्रस्तावका विषयमा आफ्नो विचार राख्न दलिय प्रतिनिधित्व हुने गरेर ७ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नाम टिपाउन सक्ने संसद सचिवालयले जनाएको छ ।आउँदो ८ गते सबै दलका नेताहरुले बोलेपछि माओवादीले प्रस्ताव पेश गर्ने सहमति आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको थियो ।
माओवादीले संसदको अघिल्लो अधिवेशन अन्त्यसँगै रामचन्द्र पौडेलको उम्मेदवारी खारेज भइसकेकाले प्रधानमन्त्री निर्वाचनको नयाँ प्रकृया सुरु गर्नु पर्ने र संसदको कार्य सञ्चालन नियमावली संशोधन गर्नु पर्ने प्रस्ताव दर्ता गराएको छ ।माओवादी आफ्नो प्रस्तावमा सहमति जुटाउन दलहरुको समर्थन खोज्दैछ भने कांग्रेस, एमाले सहितका सत्तारुढ दलहरुले प्रस्तावलाई बिफल बनाउने रणनीति लिएका छन् ।
माओवादी सहितका ६ दलले दिएको समावेदनका आधारमा राष्ट्रपति डाक्टर रामवरण यादवले विशेष अधिवेशन आहृवान गर्नु भएको हो ।
प्रस्ताव फिर्ता गर्न अस्वीकार
माओवादीले संसदको विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिन अस्विकार गरेको छ । सिंहदरबारस्थित शान्ति मन्त्रालयमा आज विहान बसेको मुख्य तीन दलको बैठकमा विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिन कांग्रेस र एमालेले गरेको आग्रह माओवादीले अस्वीकार गरेको हो ।बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ



