‘जनताले समाजवाद चाहन्छ कि अहिलेको पुँजीवादी व्यवस्था चाहन्छ, त्यसबारे जनमत गरौँ,’ ‘हामी समाजवादको पक्षमा लड्छौँ । यही व्यवस्थालाई भोट दिएछन् भने हामी मान्छौँ ।’

रोल्पा – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमन व्यवस्थाको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपालमा अब राजसंस्था इतिहास भइसकेको भन्दै उनले अहिलेको संसदीय व्यवस्थाले भने मुलुक र जनतालाई निकास नदिने बताए ।


आइतबार रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले जनताले समाजवाद चाहन्छन् कि पुँजीवाद चाहन्छन् भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पञ्चायतले समेत जनमतसंग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने उनको भनाइ थियो ।

‘जनताले समाजवाद चाहन्छ कि अहिलेको पुँजीवादी व्यवस्था चाहन्छ, त्यसबारे जनमत गरौँ,’उनले भने, ‘हामी समाजवादको पक्षमा लड्छौँ । यही व्यवस्थालाई भोट दिएछन् भने हामी मान्छौँ ।’

‘देश पुरै कंगाल हुँदै जाने, ध्वस्त हुँदै जाने, निकास पनि दिन नमान्ने,’ उनले थपे, ‘हाम्रो विरोधी तत्वहरूले टाउको उठाउने, देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न हुँदैन ।’








