दुर्गा प्रसाईंका समर्थक नियन्त्रणमा: स्वकीय सचिव थापा पक्राउ

Open photo

काठमाडौं । गत संसिर ७ गतेदेखि नागरिक बचाउ अभियान अन्तर्गत राजधानीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गर्दै आएको अभियन्ता दुर्गा प्रसाईंलाई मंगलबार प्रहरीले प्रदर्शन गर्न रोक लगाएको छ ।

1

सो समूहले मंगलबार पनि गौशाला चोकमा प्रदर्शन गर्ने भएपछि विरोध प्रदर्शनमा सहभागी हुन भक्तपुरस्थित आफ्नो निवासबाट आउने क्रममा प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा राकेर फर्काएको छ । साथै, प्रहरीले सो विरोध सभामा सहभागी हुन गौशालाका विभिन्न होटलमा बसेकाहरुलाई नियन्त्रणमा समेत लिएको छ

आन्दोलनमा सहभागी हुन आएकाहरुलाई प्रहरी नियन्त्रणमा लिएपछि सहभागीहरु अलमलमा परेका थिए । यसअघि सोमबार गौशालामा गरिएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारीहरु घाइते भएका थिए ।

पक्राउ पर्नेमा थापासहित आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, भोजराज तिमिल्सिना, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, मेहरमान बस्नेत, निकेश बास्तोला र हरि विशुङ्खे छन् ।

1

प्रसाईंको आह्वानमा गत बिहीबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन भइरहेको छ ।

111Open photo