बुटवल : कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै

Open photo

बुटवल – नेपाली काँग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु1

प्रदेश सभापति अमरसिंह पुनले बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको जानकारी गराए । उनका अनुसार प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ ।

सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलन उद्घाटनको दिन आज भने पार्टीका नेता कार्यकर्ता समेत गरी ७ देखि १० हजार जनाको सहभागिता हुने अपेक्षा सो पार्टीले गरेको छ । शुक्रबार नै सो पार्टीका नेताहरू बुटवल आएका छन् ।

 

111Open photo