म बोल्ने कम, काम धेरै गर्ने नेता हुँ’ – कांग्रेस सभापति देउवा

Open photo

बुटवल : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कम बोल्ने धेरै काम गर्ने नेता भएको बताएका छन्।

बुटवलमा शनिवार सुरु भएको कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहमा नेताहरूले पार्टीभित्र गुटबन्दी रहेको बताएका थिए।

त्यसपछि सम्बोधन गरेका उनले बुद्ध जन्मथलो रुपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने बताए। निकै कम समय मन्तव्य राखेका देउवाले आफूले कम बोल्ने र काम बढी गरेर देखाउने बताएका थिए।

1
प्रदेशलाई अधिकार सम्पन्न गराउने विषयमा पनि उनले काम गरेर देखाउने बताए। उनले सम्मेलन पश्चात् पार्टी बलियो र सुदृढ हुने भन्दै सम्मेलनमा पार्टीभित्र भएका विचारलाई मन्थन गर्नुपर्ने धारणा राखेका थिए।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सय सहभागी छन्। आइतबार सकिने सम्मेलनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुनेछन्।

1

ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टीको आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए।

 

111Open photo